ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन निर्माण सुस्त हुनुको कारण स्वार्थ समूह : खिमलाल देवकोटा


एबीसी न्यूज

काठमाडौं १५ पुस । राष्ट्रिय सभाका पूर्वसदस्य खिमलाल देवकोटा कानुन निर्माण सुस्त हुनुको प्रमुख कारण स्वार्थ समूहको प्रभाव रहेको बताएका छन् ।

‘नेपालमा आम नागरिकको चाहना र आवश्यकता भन्दा अरु कसैको स्वार्थमा विधेयकहरू बन्छन् । यसकारण सरकारले आफैँले ल्याएको विधेयकमा समेत अपनत्व नलिने समस्या छ,’ देवकोटाले अनलाइनखबरसँग भने ।

संविधान कार्यान्वयनका लागि, मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउने विषयमा सरकार र सरोकारवालाहरूको समेत प्रयाप्त ध्यान नपुगेको उनले बताए ।

‘एक त आम जनताको लागि विधेयक आइरहेका छैनन् । कसैको प्रेसबाट आएका विधेयक पनि अगाडि बढ्न अर्को प्रेसर समूहले रोक्न खोज्छ,’ उनी भन्छन्, ‘यसकारण नेपालमा कानुन निर्माणमा गति धिमा छ ।’

 

शिक्षा, कृषि जस्ता विषयमा बनेका र बन्ने क्रममा रहेका कानुनमा समेत स्वार्थ समूहको प्रभाव देखिने उनले बताए ।

देवकोटाको नेतृत्वमा राष्ट्रिय सभामा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन के कति आवश्यक छ भनेर अध्ययन भएको थियो । ती कानुनहरू अझै बन्न सकेका छैनन् ।

देवकोटाको नेतृत्वमा राष्ट्रिय सभामा ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ नै बनेको थियो । उक्त समितिले संविधान कार्यान्वयनका लागि १८० वटा कानुन बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।

यही निष्कर्षका आधारमा १८ भदौ २०८० मा राष्ट्रिय सभाले संविधान कार्यान्वयनका लागि १८० वटा कानुन बनाउन सरकारको ध्यानाकर्षण गरेको थियो । १८० मध्येपनि ४० वटा कानुन तत्काल बनाउन संघीय सरकारलाई भनेको थियो । तर, त्यसअनुसारको प्रगति हुन नसकेको देवकोटा बताउँछन् ।

देवकोटा नेतृत्वको संसदीय विशेष समितिले गरको अध्ययन प्रतिवेदनमा अविलम्ब बनाउनुपर्ने भनी किटान गरेका ४० वटा विषयमा संघीयता कार्यान्वयनका लागि आधारभूत मानिएको संघीय निजामती सेवा ऐन, संघीय शिक्षा, संघीय प्रहरी, जनस्वास्थ्य, कानुनी सहायता लगायतका कानुन थिए ।

जग्गा प्राप्ति, अधिग्रहण र क्षतिपूर्ति, विश्वविद्यालय कानुन र चिकित्सा शिक्षासम्बन्धी कानुनलाई पनि एकीकृत बनाउन भनिएको थियो । त्यसमध्ये संघीय निजामती सेवा ऐन संशोधन विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ ।

कर्मचारी समायोजन भएपनि संघीय निजामति ऐन नबन्दा निजामति प्रशासन संघीय संरचना अनुसार नै चलिरहेको छ । संघीय शिक्षा ऐन नबन्दा शिक्षा क्षेत्रले अनेकन समस्या झेलिरहेका छन् ।

विद्यालय शिक्षा सम्बन्धी विधेयक भने प्रतिनिधि सभामा दर्ता भएर अगाडि बढेको छ । यो विधेयकमाथि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल चलिरहेको छ ।

संघीयता कार्यान्वयनसँग जोडिएको प्रहरी कर्मचारीको समायोजन पनि हुन सकिरहेको छैन । यसका लागि संघीय प्र्रहरी ऐन बनाउन आवश्यक रहेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यी विषय पहिचान गर्न राष्ट्रिय सभाले देवकोटाको नेतृत्वमा संसदीय विशेष समिति नै बनाएको हो । देवकोटाको नेतृत्वमा २० जेठ २०७९ मा गठन भएको विशेष समितिले १ कार्तिक २०७९ मै प्रतिवेदन राष्ट्रिय सभामा बुझाएर राष्ट्रिय सभामार्फत नेपाल सरकारलाई दिइएको थियो ।

संविधान कार्यावयनका लागि तीन वटै तहको सरकार गम्भीर हुनुपर्ने र आवश्यक कानुन बनाउनुपर्ने निचोड सहितको उक्त प्रतिवेदनको कार्यान्वयन निराशाजनक रहेको देवकोटाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com