ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै


एबीसी न्यूज

काठमाडौं १५ पुस ।   नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस ९आईएपीबी० को आयोजनामा हुने ‘इन्साइट लाइभ, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आउँदो वैशाख १६ देखि १८ गतेसम्म काठमाण्डौमा हुन लागेको हो ।

सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आईएपीबीका सदस्य संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आईएपीबीका सदस्य रहन्छन् ।

नेपालमा आईएपीबीका सदस्य संस्थामा नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बीपी आई फाउण्डेशन रहेका छन् ।

विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थाको छाता सङ्गठनका रूपमा रहेको आईएपीबीले अन्तर्राष्ट्रियरूपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवर्द्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।

सन् २०२४ को आईएपीबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपीबीको दक्षिण पूर्वी एशियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार नेपालमा आयोजना हुने सम्मेलनमा झन्डै एक सय राष्ट्रका पाँच सय जनाले सहभागिता जनाउनेछन् ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्रका अनुसारसम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com