ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी सुध्रिए ८४ मा पहिलो पार्टी बन्ने वर्षमानको दाबी


एबीसी न्यूज

काठमाडौं १५ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

प्युठानमा माओवादी केन्द्र स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले माओवादीले पनि विगतमा गल्ती गरेको स्वीकार गरे।

माओवादी पार्टी पनि टुटफुट र विभाजनको सिकार हुन पुगेको र सत्तामा पुग्दा जनताका कतिपय एजेन्डा छुट्न पुगेकाले माओवादीले त्यसबाट पाठ सिकेर अघि बढ्न तयार हुनुपर्ने उनले बताए।

आफैँलाई सुधारेर अघि बढ्न तयार भएमा आगामी २०८४ को चुनावबाट माओवादी केन्द्र पहिलो दल बन्ने सक्ने उनले दाबी गरे।

उपनिर्वाचनमा जनमतको हिसाबले माओवादी दोस्रो र प्रमुख, उपप्रमुख विजयी भएको हिसाबले पहिलो दल भएको दाबी गर्दै उनले आगामी चुनावमा माओवादी एक्लै लड्ने बताए।

जनताले माओवादी एक्लै एजेन्डामा टेकेर उभियोस् भन्ने चाहेको उनले बताए।

लोकतन्त्रको विकल्प अझ परिष्कृत लोकतन्त्र हुने उल्लेख गर्दै उपमहासचिव पुनले जनताले उठाएका प्रश्नको जवाफ दिने र कमजोरी सच्याएर परिमार्जन गर्दै आफूलाई पुष्टि गर्नुपर्ने बताए।

नयाँ भनिएका दलपनि विकल्पका रूपमा आउन नसकेको टिप्पणी गर्दै नेता पुनले सिद्धान्त, विचार, संस्कृति र इतिहास नभएकाहरू नयाँ दल र वैकल्पिक शक्ति हुन नसक्ने बताए।

‘माओवादीले आफूलाई पनि सच्याउनुपर्छ, जनताको विश्वास पूरा गर्नुपर्छ, जनताले विश्वास गरेका पनि छन्। माओवादीले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ। विगतमा संविधान र शान्ति प्रक्रियाका काम गर्नका लागि कांग्रेस(एमालेसँग मिल्नुपर्ने हाम्रो बाध्यता थियो। तर अहिले उनीहरूलाई यो परिवर्तन मन परेको छैन। उनीहरू पछि फर्कन खोजेका छन्। हामी त्यो मान्न तयार नभएकै कारण अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको हो।’

केही बिचौलियाहरूको काम गर्न छोडेर जनताको काम गर्न भनेरै सरकार छोडेको जिकिर गर्दै उनले कांग्रेस(एमालेको स्वार्थ मिलेकाले एक ठाउँमा आएको दाबी गरे।

‘जनतामा अहिले कांग्रेस(एमालेप्रति विश्वास छैन। नयाँप्रति पनि विश्वास छैन। हामीले समाजवादी गणतन्त्रमा जाने विकल्पसहित लोकतन्त्रलाई सर्भिसिङ र शुद्धीकरण गरेर जनताको बाटोमा अघि बढ्न तयार हुनुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com