ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धन संविधान संशोधन गरी समावेशिता हटाउन खोज्दैछ, तर त्यो हुन दिँदैनौं – शर्मा


एबीसी न्यूज

काठमाडौं १४ पुस । एमाले र कांग्रेसको सत्ता गठबन्धनले संविधानमा व्यवस्था गरिएको समावेशी र समानुपातिक व्यवस्था हटाउन खोजिरहेको प्रमुख प्रतिपक्षी दलका उपमहासचिव जनार्दन शर्माले बताएका छन् । सत्ता गठबन्धनले संविधान संशोधन गरेर समावेशी व्यवस्था हटाउन खोजिरहेको तर त्यो हुन नदिइने शर्माको भनाइ छ ।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको सुनुवाइका क्रममा माओवादी सांसद शर्माले सरकारको आलोचना गरेका हुन् । बाध्य भएर सरकारले श्रीलंकाको राजदूतमा दलित समुदायका पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको पनि शर्माको भनाइ थियो ।

सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरूले समावेशी व्यवस्थाको विरोध सार्वजनिक मञ्चबाटै गरिरहेको शर्माको भनाइ थियो । ुसत्तारुढ गठबन्धन समावेशिताबारे प्रश्न गरिरहेको छ । अहिलेको सरकार र सत्तारुढ गठबन्धन समावेशिताबारे प्रश्न गरिरहेको छ । हिजोमात्र सञ्चारमन्त्रीले समावेशिताका सबै मुद्दासहित संविधान संशोधन गर्छौं भन्नुभएको छ, शर्माले भने, सरकार र सत्तारुढ गठबन्धन समावेशिता हटाउन खोज्दैछ तर त्यो त हुन दिइने छैन, सरकार के गर्छ उसको कुरा हो ।

विगतमा विभिन्न देशमा राजदूत सिफारिस गर्दा दलित समुदायका व्यक्तिहरूलाई सिफारिस नगरेकोप्रति संसदीय सुनुवाइ समितिले प्रश्न उठाउँदै आएको र सरकार दबाबमा परेर श्रीलंकाको राजदूतमा दलित समुदायका व्यक्तिलाई सिफारिस गर्न बाध्य भएको शर्माको भनाइ थियो । संसदीय समितिले पूर्वपरराष्ट्रमन्त्री र वर्तमान परराष्ट्रमन्त्रीलाई राजदूत सिफारिस समावेशी बनाउन दबाब दिएकै कारणले एकजना दलित समुदायको व्यक्तिलाई राजदूत सिफारिस गरेको शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com