ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको मात्रै होईन, देश लुट्नेहरु सबैको सम्पत्ति छानविन गर्नुपर्छ- कांग्रेस नेता भण्डारी


एबीसी न्यूज

काठमाडौं १४ पुस ।     नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा।चन्द्रकान्त भण्डारीले सहकारी ठगीमा संलग्न भएको जोसुकैमाथि अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन् । हिजो शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले पत्रकार ऋषि धमलासँग संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनेरमा मात्रै सहकारी समस्या समाधान नहुने बताएका हुन् । सहकारीमा अपचलन भएको खर्बौं रुपैयाँको छानविनका लागि अब न्यायिक समिति नै आवश्यक पर्ने बताए ।

साथै, सम्पत्ति सुद्धीकरणको विषय रवि लामिछानेलाई मात्रै नभएर अकुत सम्पत्ति कमाएका व्यापारी, नेता, कर्मचारी सबैको छानविन हुनुपर्ने उनले बताए । न्यायिक समिति गठन गरेर अकुत सम्पत्ति आर्जन गर्ने र सहकारी ठगी गर्नेमाथि छानविन हुनुपर्ने उनले बताए । नेता भण्डारीले आरोपितको राहदानी पहिला नै रोक्का राख्नुपर्ने बताए ।

‘अहिले हाम्रो समाजमा दुई वटा मुद्दा उठेका छन् । एउटा सहकारी, जसको एक खर्बभन्दा बढी हिनामिना भएको छ । अहिले रविजीलाई ३ करोड ३७ लाख बराबरको सहकारीको बिगो लागेको छ । अब ३ करोड ३७ लाखभन्दा अर्बौंमा को–को परे त रु यसको छानविन गर्नुपर्यो । यसको छानविनको निम्ति के गर्ने रु एउटा व्यक्तिमात्रै थुनेर पुग्छ कि अब जनताको पैसा फिर्ता गर्ने रु हामी जनताको पैसा फिर्ता गर्न त पर्ला नि राज्यले। । दोस्रो सम्पत्ति सुद्धीकरण ।

अहिले रविजीको ५० करोडभन्दा मुनिको सम्पत्ति सुद्धीकरणको कुरा आइरहेको छ । अब यो देशमा अर्बौं खाने व्यक्तिहरु छन् । खुसीको कुरा नेपाली जनतामा के भन्नुहुन्छ भने अब सहकारीको मुद्दाको सुरुवात पनि रविबाट, सम्पत्ति सुद्धीकरणको मुद्दा पनि रविबाट भएपछि अब सबैको सम्पत्ति छानविन गर्नुपर्छ । सहकारीको पैसा पनि जनताले प्राप्त गर्नुपर्छ । देश लुट्नेहरुको पनि सम्पत्ति छानविन गर्नुपर्छ । अब चाहे कर्मचारी भएर कमाउने होस््, व्यापार गरेर मनपरी गरी कमाउने होस्, चाहे राजनीति गरेर मनपरी गरी कमाउने होस्, अब जनताको सामू यसलाई यथार्थ छानविन गर्नुपर्छ भन्ने मेरो आशय हो,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com