काठमाडौं १२ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालमा उत्पादित सामानलाई प्रोत्साहन दिनुपर्ने बताएका छन्।
शुक्रबार कोटेश्वरमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै शाहले व्यवसायीले पनि नेपाली सामानलाई प्रोत्सान दिनुपर्ने बताए।
‘यहाँ पाउने सामग्रीहरू, यहाँ बेचिने सामग्रीहरू पनि नेपालमै बनेको पाइयोस्’ उनले भने, ‘अहिले नेपालमा बनेको सामानहरू धेरै महंगो हुन्छन्। किन महंगो हुन्छन् भन्दा त्यो किन्ने मान्छेहरू धेरै नभएर। पसलहरूले सबै नेपालमा बनेको सामान प्रोत्साहन गर्दै लानुभयो भने त्यसको मूल्य पनि घट्दै जान्छ।’
शाहले कोटेश्वरलाई कुनै विशेष सामानको हब बनाउन व्यवसायीलाई सुझाव दिए।
उनले भने, ‘हामीले पूजाआजको सामान किन्नुपर्यो भने असन जान्छौँ। लुगा किन्नुपर्यो भने न्यूरोड जान्छौँ। मेकानिकल सामान किन्नुपर्यो भने त्रिपुरेश्वर जान्छौँ। त्यसैगरी कोटेश्वर के को लागि जानुपर्छ भन्ने यसको विशेषतालाई पनि विस्तारै उजागर गर्दै ल्याउनुपर्छ। यहाँका आयोजकहरूले। यहाँका व्यवसायीहरूले।’
उनले मेला महोत्सवहरूले स्थानीय उत्पादन र त्यहाँ पाइने विशेष सामग्रीलाई प्रचार गर्नुपर्ने बताए।
‘कोटेश्वरको विशेषता के हो तरु यहाँ के पाइन्छ, यहाँको विशेष के हो त्यो चिज पनि यो महोत्सवले माथि ल्याउँदै जाओस्’ उनले भने।
प्रतिक्रिया दिनुहोस्