काठमाडौं १२ पुस । सहकारी ठगी अभियोग भोगिरहेका रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएसँगै कार्यवाहक सभापति डोलप्रसाद डिपी० अर्यालले पार्टीभित्र सक्रियता बढाएका छन् ।
लामिछानेले पार्टीभित्र सन्तुलन मिलाउन अर्याललाई पार्टी संगठन, अर्का उपसभापति स्वर्णिम वाग्लेलाई संसदीय दलको नेतृत्वमा लैजाने इच्छा व्यक्त गरे पनि संसदमा अर्याल नै हाबी बन्ने देखिएको छ ।
बिहीबार अर्यालले पार्टीका सबै विभाग प्रमुखहरूलाई हालसम्मको प्रगति र आगामी योजनाबारे रिपोर्टिङ मागेका छन् ।
नेताहरूका अनुसार अर्यालले बिहीबार विभाग प्रमुखहरूलाई सन्देश पठाएर यही पुस २५ गते दिउँसो ४ बजेभित्र आफ्नो क्षेत्राधिकार र जिम्मेवारीमा केन्द्रित रहेर रिपोर्टिङ पेस गर्न भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्