ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश


एबीसी न्यूज

काठमाडौं १२ पुस । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी एनओसी० को भोलिको लागि तय भएको चुनाव रोक्ने आदेश दिएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा चुनाव गर्न लागेको भन्दै कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

मनोनयन दर्ताको दिन गएको सोमवार सरकारले प्रहरी परिचालन गरेर सातदोबाटोमा एनओसी कार्यालयमा प्रवेशमा रोक लगाएको थियो । त्यसका बाबजुद अनलाइनमार्फत मनोनयन दर्ता गर्दै चुनाव प्रक्रियाअघि बढाइएको थियो ।

एनओसीले पटक पटक अदालतको आदेशको अवज्ञा गर्दै आएको छ । उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो ।

उच्च अदालत पाटनले मङ्सिर १७ गते नेपाल ओलम्पिक कमिटीले २०८१ मङ्सिर १८ गते विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधीन मुद्दामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरुलाई अपूरणीय क्षति पुग्न सकिने देखिँदा विधान संशोधन नगर्नुरनगराउनु, भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारले पनि एनओसीलाई निर्वाचन नगर्न निर्देशन दिएको थियो । त्यसलाई अटेर गरेको एनओसीमा १९ कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेको छ । अध्यक्षमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ, महासचिव निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

लगातार दुई कार्यकाल अध्यक्ष भइसकेका श्रेष्ठले तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला गर्नका लागि विशेष साधारणसभाबाट विधान संशोधनको भूमिका खेलेका थिए । उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, सदस्य दीर्घबहादुर केसीले त्यसको विरोधमा साधारण सभा बहिष्कार गरेका थिए । सुनिल श्रेष्ठले आफू चुनावमा भाग नलिने प्रस्ट गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

सम्बन्धित

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com