ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते


एबीसी न्यूज
पुस १०, २०८१ बुधबार   १० : ४८   बजे

काठमाडौं १० पुस । स्याङ्जामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  मंगलबार राति पौने आठ बजे कालीगण्डकी गाउँपालिका(३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।

‘कालीगण्डकी–३ को बिर्घा–मिर्मी सडक खण्डको भित्री सडकमा ट्याक्टर अनियन्त्रित भएर भिरबाट झण्डै ४० मिटर खसेर दुर्घटना भएको हो,’ प्रहरी निरीक्षक श्रेष्ठले नेपालखबरसँग भने, ‘दुर्घटनामा बाराको गढीमाई नगरपालिका(११ घर भएका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु भएको छ।’

सिरक–डसना बनाउने टली जोडिएको ट्याक्टर दुर्घटनामा परेको उनले बताए। दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह, कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाई ११ का १४ वर्षीय सिकिन्दर यादव घाइते भएका छन्।

घाइतेमध्ये साह र मन्सुरीको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए।

उनीहरुलाई कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group