ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीमा रविको बयान, मेरो नामको एक करोड ऋण अहिले थाहा पाएँ


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार   ६ : ३७   बजे

काठमाडौं ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर भएको छ।

लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गरिएको छ। उक्त बिगो भराउन र उनीहरूलाई कैद सजाय गर्न पनि माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दायर गरेको अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत र सामूहिक गरी उक्त बिगो भराउन माग गरिएको हो।

सहकारीबाट लिएको व्यक्तिगत ऋण एक करोड, स्वेट सेयर लिनको लागि प्रयोग भएको ७५ लाख रुपैयाँ र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा उनी खातावाला भएको खातामा गएको रकमको सञ्चालकको हैसियतले हुने सामूहिक दायित्व एक करोड ६२ लाख ६५ हजार रुपैयाँको बिगो कायम गरिएको हो।

लामिछानेले जीबीसँग मिलेमतो गरी सहकारी ऐन, नियमविपरित रकम अपचलन गर्नका लागि कृतिम कारोबार, कृतिम व्यक्ति, काल्पिनिक ठेगाना उल्लेख गरी अपराधबाट उम्कन पूर्व योजना अनुसार झुठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको अभियोग छ।

उनले गोर्खा मिडियाबाट विभिन्न कम्पनी तथा व्यक्तिलाई चेकमार्फत भुक्तानी गरेको, सेयर बिक्री गरेर अलग भइसकेको भने पनि त्यसपछि पनि चेकमार्फत भुक्तानी दिएको भेटिएको छ।

यस्तै रविलाई झण्डै २८ करोड बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको कसुरमा छुट्टै मुद्दा दायर गरिएको छ। रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ।

रवि लामिछानेले भने यस्तो बयान दिएका छन्ः
सूर्यदर्शन सहकारीबाट मेरो नाममा एक करोड ऋण देखाइएको कुरा अहिले मात्र थाहा पाएको हुँ।

गोर्खा मिडियामा सहकारीबाट रकम ल्याउने कुरा मलाई जानकारी थिएन।

मलाई गोर्खा मिडियामा प्रबन्ध निर्देशकको आधिकारिक जिम्मेवारी मिति २०७७ पुस २५ को निर्णय बमोजिम २०७७ पुस ३० गते गोर्खा मिडिया नेटवर्कको टेलिभिजनमा लैजादै गर्दा १५ प्रतिशत स्वेट शेयर, तथा अन्य सुविधा दिने सहमति भएको थियो।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट १ करोड ९६ लाख रकम रोशनी गुरुङको नामबाट जम्मा भएको रकम कसरी आयो मलाई थाहा भएन।

गोर्खा मिडियामा रकम के कसरी आयो भन्ने कुरा मैले वार्षिक लेखा परीक्षण प्रतिवेदनको क्रममा निजले लगानीको स्रोत देखाउँदा थाहा पाएको थिए।

मेरो खाताबाट रिभर्स भएको शेयर खरिद विक्री गर्दा म र गितेन्द्र बाबु राईबीच २०७९ जेठ ३१ गते भएको लिखत कागजको सहिछाप देखाउँदा हेरी पाएँ सहीछाप मेरो हो।

गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको नाममा सिद्धार्थ बैंकमा रहेको खाता नं ००११५९७८०९७ को खाताको कारोबार विवरणहरू मध्ये २०७७ असोज ११ मा ३५ लाख रकम गोर्खा मिडिया नेटवर्क अन्तर्गतको ग्यालेक्सी ४ केका उपकरणहरू अर्डर भएको तर नआई सकेको अवस्थामा आवश्यक इक्युपमेन्ट, जनशक्ति लगायतको कन्सल्टेन्सी टिभि फिल्मीले उपलब्ध गराएको कारण पेश्की स्वरुप गोपीकृष्ण मुभिजको तत्कालिन अध्यक्ष निकिता पौडेललाई उपलब्ध गराइएको रकम हुन्।

सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट भइसकेको छ।

म यी कसूरमा कहीँ कतै, कुनै पनि तवरबाट संलग्न छैन र थिइनँ। ग्लोबल आईएमई बैंक लिमिटेडको १ लाख १२ हजार चेकमा भएको दस्ताखत मेरो हो । गोर्खा मिडियाबाट काटिएका विभिन्न मितिका एक लाख बाह्र हजारका दुईवटा र दुई लाख चौबिस हजारको एउटा चेकबाट नियमित भुक्तानीको लागि उक्त कम्पनिका कर्मचारीहरूले काटिएका हुन्।

मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो।

मैले कुनै कानून अनुसार कारवाही हुनुपर्ने कसूर गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group