ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा आधा किलो सुन र नगदसहित २ भारतीय नागरिक पक्राउ


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार   ४ : ५९   बजे

काठमाडौं ७ पुस ।   प्रहरीले कैलालीबाट आधा किलो सुन र नगदसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मोहला बजार(२ पलियाखिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन् ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी०पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई आइतबार धनगढी उपमहानगरपालिका(३ को ट्राफिक चौराहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट ५४९।द्दण्ण् ग्राम सुन, ४४ हजार ८१० नेपाली रूपैयाँ, एक हजार २८० भारतीय रूपैयाँ र सुन बोक्न प्रयोग गरिएको युपी ३२जेभी ९२०० नम्बरको भारतीय गाडी समेत बरामद गरेको छ ।

 

एउटा ल्यापटप र दुई वटा मोबाइल पनि बरामद गरिएको छ। पक्राउ परेका भारतीय र बरामद सुनसहितका सामान जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पदमबहादुर विष्टले विशेष सूचनाका आधारमा सुन र नगदसहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको बताए।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उदेश्यले सुन तस्करी गरी ल्याइएको उनले बताए।

पक्राउ परेका मध्येका सुमित बर्माले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ।

एसपी विष्टले सुनसहित पक्राउ परेकाहरूलाई अनुसन्धान सकेर थप कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group