ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रिटिश अभिनेत्री जोआना लुम्लेले फेरि उठाइन् भूतपूर्व गोर्खा सैनिकको मुद्धा


admin

बेलायत । ब्रिटिश अभिनेत्री तथा गोर्खा अभियानकर्ता जोआना लुम्लेले भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सनको मुद्धालाई फेरी उजागर गरेकी छिन । विविसी नेपाली सेवासँगको कुराकानीको क्रममा उनले भुपु सैनिकको मागहरुप्रति सहानुभूतिपूर्वक विचार गर्न ब्रिटिश सरकारलाई आग्रह गरेकी हुन ।

उनी लामो समयदेखि बेलायती भुपु गोर्खा सैनिकहरुले उठाउँदै आएको समान पेन्सनको मुद्धामा सहानुभुति राख्दै आएकी छिन । विगतमा गोर्खा अधिकारका लागि अभियान चलाएकी अभिनेत्री लम्लीले गोर्खालीहरुको पेन्सनको विषय निकै जटिल रहँदै आएको स्वीकारिन् । मैले सँधै अनुभूत गरेकी छु कि ब्रिटिश सैनिकहरुसँगै लड्ने नेपाली, गोर्खा सैनिकहरु हरेक दृष्टिकोणले समान छन् र उनीहरुलाई समान व्यवहार गरिनुपर्छ । पेन्सन कसरी दिइन्छ, कति रकम दिइन्छ र कति अवधिका लागि दिइन्छ भन्नेजस्ता कुरामा रहेका भिन्नताले गर्दा पनि त्यसो भएको हो’’ उनले भनिन् ।

फाइल फोटो

“मैले सन् २००९ गोर्खा सैनिकहरुको आवासीय अधिकारका लागि अभियान चलाउँदा देखिनै यो विषयबारे थाहा पाएकी हुँ । मैले सधै अनुभूत गरेकी छु कि ब्रिटिश सैनिकहरुसँगै लड्ने नेपाली, गोर्खा सैनिकहरु हरेक दृष्टिकोणले समान छन् र उनीहरुलाई समान व्यवहार गरिनुपर्छ । लम्लीको नेतृत्वमा गरिएको एउटा चर्चित अभियान पछि सन् २००९ मा गोर्डन ब्राउन नेतृत्वको तत्कालिन ब्रिटिश सरकारले ब्रिटिश सेनामा कम्तीमा चारवर्ष सेवा गरेका तथा सन् १९९७ अघि सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई ब्रिटेनमा आएर बसोबास गर्न अनुमति दिएको थियो ।

त्यसयता हजारौ भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार ब्रिटेनमा आएर बसोबास गरिरहेका छन् । त्यस सँगैसँगै समान पेन्सन तथा सुविधाका लागि गोर्खा भूतपूर्व सैनिक संगठन (गेसो) लगायतका संस्थाले नेपालमा चलाउदै आएको आन्दोलन ब्रिटेनमा पनि फैलिएको थियो । ब्रिटिश सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना ब्रिटिश समकक्षीको तुलनामा आफुहरुले झण्डै एकतिहाइ मात्रै पेन्सन पाउने गरेको बताउँछन ।

यसै विषयलाई लिएर ब्रिटेनस्थित भूतपूर्व गोर्खा सैनिकहरुको एक संस्था ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) ले कानुनी लडाईं पनि लडेको थियो । तर एउटा ब्रिटिश उच्च अदालत र पछि मानव अधिकार संबन्धी युरोपेली अदालतले पेन्सनको विषयमा ब्रिटिश सरकारको भनाइ नै सही रहेको ठहर गरेका थिए ।

भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना ब्रिटिश समकक्षीको तुलनामा आफुहरुलाइ पेन्सनमा भेदभाव गरिएको बताउँछन । “पहिले पेन्सनको रकम निश्चित थियो किनभने सन् २००९ भन्दा अघि सेवा निवृत्त भएपछि गोर्खा सैनिकहरु नेपाल फर्कन्थे र उनीहरुलाई बाँच्नका लागि कम रकम चाहिन्छ भन्ने तर्क गरिन्थ्यो । तर अहिले स्थिति फरक छ, उनीहरु यहीं बस्छन’ लम्लीले भनिन्– “त्यसैले म ब्रिटिश सरकार र रक्षा मन्त्रालयलाई साहसीहरुमध्येमा पनि सबैभन्दा साहसी गोर्खा सैनिकहरुको यति बढी तनाव र चिन्ताको कारण बनेको यो समस्याका बारे सहानुभूतिपूर्वक विचार गर्न आग्रह गर्दछु ।’’

उता ब्रिटिश सरकारले भने अन्य ब्रिटिश सैनिकहरुको तुलनामा ब्रिटिश सेनामै कार्यरत गोर्खा सैनिकहरुको सेवा अवधि छोटो रहेको र उनीहरु सेवानिवृत्त भएपछि नेपाल जाने र त्यहाँ बस्न, खान कम खर्च लाग्ने भएकाले उनीहरुलाई दिइएको पेन्सनमा कुनै भेदभाव नगरिएको जनाउने गरेको छ । साथै पटकपटक भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बढाउने गरेको पनि ब्रिटिश रक्षा मन्त्रालयले जनाउने गरेको छ । कानुनी बाटोबाट आफ्नो पक्षमा फैसला नआएपछि भूतपूर्व गोर्खा सैनिकहरुसँगै संबद्ध विभिन्न संगठनहरुले कूटनीतिक माध्यमबाट यो विषय ब्रिटिश सरकारसँगै उठाउन नेपाल सरकारलाई आग्रह गरेका थिए ।

झण्डै तीन वर्ष अघि तत्कालिन परराष्ट्र मन्त्री कमल थापाले आफ्नो ब्रिटेन भ्रमणका क्रममा यो विषय ब्रिटिश अधिकारीहरुसँगै उठाएको जनाएका थिए । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले अनिश्चितकालिन भोक हड्ताल लगायतका कार्यक्रमहरु आयोजना गर्ने चेतावनी दिएपछि ब्रिटिश अधिकारीहरु गोर्खा प्रतिनिधिहरुसँगै वार्तामा बस्न सहमत भएका थिए । त्यस्तै सेप्टेम्बर २०१६ मा नेपाल सरकारको तर्फबाट तत्कालिन परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले यसै विषयमा ब्रिटिश सरकारलाई पत्र पनि लेखेका थिए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले अनिश्चितकालिन भोक हड्ताल लगायतका कार्यक्रमहरु आयोजना गर्ने चेतावनी दिए पछि ब्रिटिश अधिकारीहरु गोर्खा प्रतिनिधिहरुसँगै वार्तामा बस्न सहमत भएका थिए । लण्डनस्थित नेपाली दूतावासको पहलमा ब्रिटेनको रक्षा मन्त्रालय र भूतपूर्व गोर्खाहरुसँगै संबद्ध विभिन्न संस्थाका प्रतिनिधिहरुबीच वार्ता हुदै आएको छ । दुबै पक्ष सम्मिलित एउटा प्राविधिक समितिको आउँदो साता बस्न लागेको बैठक अघि ब्रिटिश अभिनेत्री जोआना लम्लीले गोर्खा सैनिकहरुको पेन्सन लगायतका विषयमा सहानुभूतिपूर्वक विचार गर्न ब्रिटिश सरकारलाई आग्रह गरिन् ।

एक प्रश्नको जवाफमा लम्लीले गोर्खा सैनिकहरु ब्रिटेन आउदा उनीहरुका परिवार भने नेपालमै छुटेका प्रति चिन्ता व्यक्त गरिन् । “म चाहन्छु कि गोर्खा सैनिकहरु आफ्ना सबै परिवार सहित यहाँ आउन् । तर त्यो संभव छैन । त्यहाँ जटिलताहरु छन् । तपाईंले कुनै पनि असल कदम चाल्नुभयो भने सँगसँगै खराब असर पर्नसक्ने संभावना पनि हुन्छ । तपाईं एक कदम अगाडि बढ्दा अर्को कदम पछाडि फर्कने खतरा पनि हुन्छ । तर, मेरो विचारमा हामी दुई कदम अगाडि बढ्यौं र एक कदम पछाडि फर्कनुपर्यो” लम्लीले भनिन् ।

हाल ब्रिटेनमा बसोबास गरिरहेका खासगरी वृद्ध उमेरका भूतपूर्व गोर्खा सैनिकहरुले भाषा लगायतका समस्याहरु भोग्नु परिरहेको छ । तर बीबीसी नेपाली सेवा सँगैको कुराकानीमा लम्लीले आफु एक अभियानकर्ता मात्र भएको र पेन्सनको विषय समाधान गर्न आफुसँगै कुनै अधिकार नरहेको कुरामा पटक पटक जोड दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com