ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यति लामो समय बिति सक्दा पनि जीबी राई अहिलेसम्म किन समातिएनन्


एबीसी न्यूज

काठमाडौं १४ बैशाख । सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, सहाराका फरार सञ्चालकहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको लामो समय भए पनि उनीहरू किन पक्राउ परेनन्, कतै यसमा उच्च पदस्त व्यक्तिहरू त सम्मिलित छैनन् रु गम्भीर शंकाको वातावरण बनेको छ ।

 

चितवन सहारामा ८५ करोड रुपैयाँको हाराहारीमा बचत रकम संकलन भएको र सहकारीको नियमविपरीत रकम व्यक्ति तथा निजी फर्महरूमा बिनाधितो स्थानान्तरण गरेको ज्ञापनपत्रमा जनाइएको छ । जीबी राई सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाममा चितवन सहाराबाट १२ करोड रूपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गोरखा मिडियाले ग्यालेक्सी टिभी सञ्चालन गर्दछ । हालका गृहमन्त्री तथा चितवन(२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने कुनै बेला सोही टीभीमा कार्यरत थिए ।

संघर्ष समितिका संयोजक रहेका शालिकराम दुवाडीले प्रहरीले उक्त सहकारीको कार्यालयबाट आवश्यक सम्पूर्ण कागजहरू नियन्त्रणमा लिएको तर अन्य कुनै कारबाही अगाडि नबढाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । बचतकर्ताहरू अधिकांश निम्न र मध्यम वर्गका सर्वसाधरणहरू रहेको र रकम फिर्ता नहुँदा ओखती, उपचारमा समेत समस्या भएको दुवाडीले बताए ।

पक्राउ पुर्जी जारी गरे पनि अरू परिणाम केही नआएको हुँदा पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो प्रकरणमा हस्तक्षेप गर्न र फरारहरूलाई समाउन कडा निर्देशन दिन माग गरेका छन् ।

प्रधानमन्त्री स्वयंले हस्तक्षेप नगरे समस्याको हल निस्कने छाँटकाँट छैन, ज्ञापनपत्रमा उल्लेख छ ।

पीडितहरूले शुक्ररबार नै चितवन जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भक्तिराम अधिकारीलाई पनि ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन माग गरेका छन् । त्यसैगरी अर्को सहकारी शिवशिखर बहुउद्धेश्यीय सहकारीका पीडितहरूले पनि ज्ञापनपत्र बुझाउँदै बचत फिर्ता गराउन सरकारले तदारुकता दिन माग गरे ।

बचतकर्ताहरूको ज्ञापनपत्र बुझ्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले राज्यले पीडितलाई न्याय दिलाउने सन्दर्भमा काम गरिरहेको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com