ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ छिटो टुंग्याउन सांसदहरूको आग्रह


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार   ३ : १२   बजे

काठमाडौं ७ पुस ।   प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखेका छन्।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकको दफावार छलफलमा सहभागी हुँदै सांसदहरूले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले विधेयक समितिमा आएको एक वर्ष हुन लागेको उल्लेख गर्दै ऐन पारित गर्न दिनरात मेहनत गर्नुपर्ने बताए।

उनले समितिमा अझै धेरै ऐनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै छिटो टुंगोमा पुर्‍याउने गरी सम्बन्धित मन्त्रालयसँग छलफल अगाडि बढाउन कानून मन्त्रालयको ध्यानाकर्षण गराए। उनले ऐनका बाँकी दफाहरूमा छलफल गर्न सम्बन्ति मन्त्रालयका सचिव र मन्त्रीहरूलाई समितिमा बोलाउनुपर्ने बताए।

उनले भने,‘यो ऐन यस समितिमा आएको एक वर्ष नै भइसक्यो होला। यति धेरै ऐनहरू बनाउनुपर्नेछ। त्यसैले गर्दा यो एनेलाई छिटो निर्माण गर्नको लागि हामीले दिनरात मेहनत गरेर समितिबाट यो ऐन पारित हुनेगरी लैजानुपर्छ। यसका लागि म माननीय कानूनमन्त्रीज्युको पनि म यसमा ध्यानाकर्षण गराउन चाहन्छु। २०÷२१ वटा ऐनहरूमा छलफल गर्न बाँकी नै छ भन्ने कुरा पनि प्रस्ताव कै रुपमा आइसकेको अवस्था छ। केही विषयमा हामीले कानुनमन्त्रीज्युलाई सम्बन्धित मन्त्रालयको राय के हो भनेर प्रश्न पनि गरेका थियौं। तर कतिपय कुराहरू सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरू बोलाएरै छलफल गर्नुपर्ने देखिन्छ।’

बैठकमा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले समितिको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै ऐन निर्माणका सवालमा समितिले अझै सक्रिय भएर काम गर्नुपर्ने बताए।

उनले जनताको नजरमा सांसदले आफ्नो भुमिका प्रभावकारी रुपमा बहन गरेको नदेखिएको बताए। ऐन निर्माणका क्रममा अलमल हुने कुराहरू उठाउन नहुनेमा उनको जोड थियो।

उनले भने,‘समिति भनेको के का लागि बनेको हो त भन्ने कुरालाई उजागर गर्ने गरेर छलफल गर्नुपर्ने देखिन्छ। हामीले समितिको औचित्य देखाइरहनु जरुरी त छैन तर समितिमा हामीले ऐनहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउँदाखेरि बाहिर जनताले हेर्दाखरि जसरि माननीयज्युहरूले काम गर्नुपर्ने हो त्यो काम देख्न सकेको छैन। त्यसैले छलफलका क्रममा अलिकति दोधार र अलमल हुने कुराहरू उठाउनु हुन्न जस्तो लाग्छ मलाई।’

बैठकमा नेकपा ९माओवादी केन्द्र० सांसद एवं कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ऐन निर्माणका क्रममा छलफलका लागि पटक—पटक बोलाउँदा समेत सम्बन्धित मन्त्रालयका प्रतिनिधि समितिमा उपस्थित नहुने भएका कारण ढिलाई भइरहेको बताइन्।

उनले दुई पटक बोलाउँदा समेत स्वास्थ्य मन्त्रालय छलफलमै सहभागि नभएको उल्लेख गरिन्। अब ऐनमा सम्बन्धित मन्त्रालयको बारेमा कुरा गर्नको लागि कानून मन्त्रालयले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ थियो।

उनले भनिन्,‘मैले अनौपचारिक रुपमा सुनेको पहिला हामीले एउटा छलफल सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र विषय विज्ञहरूलाई यहाँ राखेर छलफल गरिराखेका हौं। हामीले दुई चरणसम्म उहाँहरूलाई बोलाएका थियौं। अरु सबै मन्त्रालयका सचिव र मन्त्रीज्यु आउनुभएको थियो। स्वास्थ्यको चाहीँ आउनुभएको थिएन। अनि त्यो बेला पटक पटक सम्बन्धित मन्त्रालयलाई नबोलाउने र कानून मन्त्रालयले सहजिकरण गरिदिनुपर्ने सहमति भएको थियो।’

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले वन र स्थ्यास्थ्य मन्त्रालयसँग थप छलफल गरेर विधेयक टुंगोमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे।

उनले ऐन र विधेयक निर्माणका लागि मन्त्रलय निरन्तर छलफलमा रहेको समेत बताए। उनले मन्त्री र प्रधानमन्त्री बोलाउने विषेशाधिकार समितिहरूमा रहेकोले यसमा कानून मन्त्रालयको कुनै रोकतोक नभएको स्पष्ट पारे।

उनले भने, ‘स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयसँग छलफल गर्न बाँकी छ। छलफल नगरेको भन्ने होइन। कानुन मन्त्रालयले छलफल गरेको छ। हामी यसमा छलफल गर्छौं। मन्त्री र प्रधानमन्त्रीलाई जुन बेला बोलाएपनि बोलाउन सक्ने विषेशाधिकार भएकोले त्यसमा कानुन मन्त्रालय रोक्ने कुरा पनि भएन।’

विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्न उक्त विधेयक ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group