ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार   ३ : ०८   बजे

काठमाडौं ७ पुस ।   ललितपुरको भैँसेपाटी प्रभागबाट सार्वजनिक भएको हनी ट्र्याप घटनामा प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा आफैँ उपस्थित भएकी छन्।

जिल्ला न्यायाधीश रीताकुमारी बखरेलको इजलासमा शाहीको बयान सुरु गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले नेपालखबरलाई बताए।

अदालतमा बयान सकिएपछि थुनछेक आदेश हुनेछ।

यसअघि व्यवसायीलाई हनी ट्र्यापमा पारेको घटनाका मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले मंसिर १३ गते इस्लामलाई थुनामा पठाउन आदेश दिएको हो।

व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई २ लाख र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश छ। व्यवसायीबाट अशुलेको २० लाख रुपैयाँ भिमादेवीको खातामा जम्मा गरिएको थियो।

प्रहरी निरीक्षक बिनु शाहीको आदेशमा रकम जम्मा गर्न गएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले हनी ट्र्यापको आरोपमा उनीससहितलाई प्रतिवादी कायम गरेर मुद्दा दर्ता गरेको थियो। शाही भने अनुसन्धान सुरु भएपछि फरार थिइन्।

उनी भैँसेपाटी प्रहरी प्रभागको इन्चार्ज हुँदा पीडितलाई नै हिरासतमा राखिएको सीसीटीभी फुटेज फेला परेको छ।

२०८१ असोज ७ गते दिउँसो १२ः३० बजे जाहेरवालालाई नै पक्राउ गरेर भैँसेपाटी प्रभागको हिरासतमा राखिएको र हिरासतमा राखेको १३ मिनेट ३४ सेकेन्डपछि बाहिर निकालिएको फुटेज फेला परेको छ।

प्रहरीकै संलग्नतामा भैँसेपाटी प्रभागमा एक व्यवसायीलाई झुटो आरोपप लगाएर थुनामा राखिएको र रकम बार्गेनिङ गरेर छाडिएको अभियोग छ। २० लाख रुपैयाँ लिएको पाइएपछि उनीहरुमाथि उच्च तहबाट अनुसन्धान भएको थियो।

शाहीको सल्लाहअनुसार नै कुटपिट तथा गालीगलौज गरेको भनी व्यवसायीविरुद्ध प्रहरी कार्यालयभित्रै निवेदन तयार गरिएको थियो। सुस्मा विश्वकर्माको नामबाट दिइएको निवेदन तोक लगाए पनि दर्ता भने गरिएको थिएन।

भोलिपल्ट ती व्यवसायी ९हनी ट्रयापमा परेका व्यक्ति० लाई फोन गरेर रेस्टुराँमा बोलाउन सुस्मालाई लगाएकी थिइन्।

असोज ७ गते सुस्माले ती व्यवसायीलाई भेट्न भैँसेपाटी प्रभागनजिकैको रेस्टुराँमा भेटेका थिए। त्यही बेला पूर्वयोजनाअनुसार उनीहरूले इन्सपेक्टर शाहीलाई खबर गरेपछि प्रहरी आएर ती व्यवसायीलाई पक्राउ गरेर लगेको थियो।

सुरुमा यो मुद्दा मिलाउने हो भने व्यवसायीलाई ५० लाख दिन भनिएको थियो। प्रहरी निरीक्षक शाहीकै कार्यकक्षमा छलफल गर्दा व्यवसायीले ५० लाख दिन नसक्ने भन्दै ३० लाख दिने भनेका थिए। तर उनले तत्काल २० लाख नगद र तीन महिनापछि साट्ने गरी १० लाखको चेक दिने सहमति गरेका थिए।

त्यस दिन उनले ७ लाख रुपैयाँ भीमादेवी थापाको नाममा जम्मा गरिदिएका थिए। बाँकी १३ लाख रुपैयाँ पनि उनले जम्मा गरिदिए। त्यसपछि उनीहरूको मिलापत्र भएको थियो।

तर आफूलाई फसाइएको भन्दै ती व्यवसायी जिल्ला प्रहरी परिसर, जावलाखेल पुगेपछि घटनाले अर्कै मोड लियो। प्रभागकै इन्चार्जको मिलेमतोमा यस्तो घटना भएको उजुरीपछि परिसरले सबै आरोपी र कागजातसहित जिल्लामा झिकायो।

जिल्लामा झिकाएपछि इन्सपेक्टर शाहीले मोबाइलका म्यासेज बाटैमा डिलिट गर्न लगाएको र चेकसमेत गायब बनाएको अन्य प्रतिवादीको आरोप छ। आफैमाथि अनुसन्धान सुरु भएपछि शाही भने फरार भएकी थिइन्। पछि सीआईबीले अनुसन्धान गरेको यस मुद्दामा फरार शाही र दर्शन पोखरेलसहित ६ जनालाई प्रतिवादी बनाइएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिका९४, खानीगाउँ घर भई इटहरी बस्ने १९ वर्षकी सुस्मा विश्वकर्मा, सुनसरीको दुहवी नगरपालिका९८, सोनापुर घर भई इटहरी बस्ने ३२ वर्षका ताजमुल भन्ने तजम्मुल इस्लाम, तेह्रथुमको लालीगुँरास नगरपालिका ५ घर भई इटहरी बस्ने २० वर्षकी भीमादेवी थापा र प्रहरी निरीक्षक शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार सुर्खेतको सिम्ता गाउँपालिका९१ का ३२ वर्षीय महेन्द्र हमाललाई प्रतिवादी बनाइएको छ।

यो मुद्दामा सीआईबीले एसपी कमल थापालाई जोगाएको भन्दै सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group