ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा आफन्त हुँ भन्दै रकम ठग्ने युवक पक्राउ


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार   १ : ४९   बजे

काठमाडौं ७ पुस । हङकङमा आफन्त हुँ भन्दै रकम ठग्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चान थर गरेका १९ वर्षीय युवक हुन्। उनीमाथि १६ लाख हङकङ डलर ठगी गरेको आरोप छ।

युवकलाई सोमबार क्वुनतोङ मजिस्ट्रेट अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

६९ वर्षीया महिलाको परिवारले बिहीबार रिपोर्ट दर्ता गरेपछि उनलाई पक्राउ गरिएको हो। रिपोर्टमा उल्लेख भएअनुसार बिहान ११ बजेतिर महिलालाई आफ्नो ज्वाइँ भएको दाबी गर्ने व्यक्तिबाट फोन आएको थियो। फोन गर्ने व्यक्तिले आफूलाई पक्राउ गरिएको र मुद्दा मिलाउन तत्काल हङकङ डलर ६० हजार चाहिएको बताए।

उनको कुरा पत्याएकी महिलाले सहमति जनाइन् र आफ्नै अपार्टमेन्टमा आएका एक पुरुषलाई पैसा दिइन्। पछि, परिवारका सदस्यसँगको कुराकानीपछि ज्वाइँ बताएर रकम माग्ने व्यक्ति ठग भएको पत्ता लागेको थियो।

यता, युवक भने यत्तिमै रोकिएनन्। सजिलै पैसा उम्काउन सफल भएका उनले महिलालाई पुनस् फोन गरेर थप एक लाख हङकङ डलर मागे। यस पटक भने महिला सचेत थिइन्।

उनले युवकको कुरा पत्याएझैँ गरेर सहमति जनाइन् र परिवारका अन्य सदस्यलाई घटनाक्रमबारे अपडेट गराइन्। यसपछि प्रहरीलाई खबर गरिएको थियो।

अब भने युवक फन्दामा परिसकेका थिए। दोस्रो पटक प्रहरीले उनलाई घटनास्थलबाटै पक्राउ गर्‍यो। पक्राउपछि साउमाउ पिङ प्रहरी जिल्लामा राखिएका उनलाई सोधपुछका क्रममा अन्य घटना समेत बाहिर ल्याउन प्रहरी सफल भयो।

अनुसन्धानका क्रममा उनी डिसेम्बर ४ देखि १२ सम्म भएका ठगीका अन्य सात वटा घटनासँग जोडिएको प्रहरीले पत्ता लगाएको छ।

जुन घटनाका पीडित ६३ देखि ९२ वर्ष उमेरका छन्। यी घटनामा पनि युवकले प्रहरी हिरासतमा आफन्त रहेको र उनलाई रिहा गर्न जमानतको लागि पैसा चाहिएको बताएका थिए।

यी घटनाबाट ठगी गरिएको कुल रकम १६ लाख हङकङ डलर थियो। चानमाथि ६ वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group