ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफीका खेल भारतले पाकिस्तानमा नखेल्ने


एबीसी न्यूज

काठमाडौं ४ पुष । च्याम्पियन्स ट्रफी र सन् २०२४ देखि २०२७ सम्मको आईसीसी प्रतियोगिता हाइब्रिड मोडलमा हुने भएको छ । जसअनुसार आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तान नजाने भएको छ ।

भारतका खेलहरू हाइब्रिड मोडलमा हुने क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । यस्तै भारतमा आयोजना हुने आईसीसी प्रतियोगिताका लागि पाकिस्तानका खेलहरू भारतभन्दा बाहिर नै आयोजना हुनेछ ।

यो सम्झौता पाकिस्तानमा आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफी, आउँदो वर्ष नै भारतमा हुने महिला एकदिवसीय विश्वकप, सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा लागू हुनेछ । यो सम्झौता सन् २०२८ मा हुने महिला टी–२० विश्वकपमा पनि लागू हुनसक्ने खबरमा उल्लेख छ ।

प्रतियोगिताका लागि तटस्थ स्थान आयोजक बोर्डले प्रस्ताव गर्ने र आईसीसीले अन्तिम स्वीकृति दिने छ । आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफीको सन्दर्भमा पाकिस्तान क्रिकेट बोर्ड पीसीबी० प्रस्ताव पारित भएको २४ घण्टाभित्र तटस्थ स्थान प्रस्ताव गर्नुपर्छ । च्याम्पियन्स ट्रफीका लागि भारतका खेलहरू यूएई, श्रीलङ्कामा हुनसक्ने उल्लेख छ । प्रतियोगिताको पूर्ण आयोजना अधिकार पीसीबीसँग हुनेछ ।

भारतले सुरक्षा कारण देखाउँदै पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्न जान नसक्नेबारे आईसीसीलाई जानकारी गराएको थियो ।

च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका गरी आठ वटा देश सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com