काठमाडौ ३० मंसिर । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । गौतमको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको हो । शाखामा पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक तारानाथ शर्माका अनुसार कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद बिक ९अमित०, अमृतप्रसाद पौडेल ९बास्कुने०, सचिवमा ठाकुरप्रसाद आचार्य, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यमा कमल खत्री र राकेश शर्माको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको छ । सचीव पदमा आचार्य विरुद्ध सन्तोष गौतमले दर्ता गर्नुभएको उम्मेदवारी फिर्ता लिएपछि कार्यसमिति सर्वसम्मत बनेको हो ।
यसैगरी, केन्द्रीय परिषद् सदस्यमा बिनोद धौलागिरि चयन हुनुभएको छ । गौतम यअघि कार्यसमितिको उपाध्यक्ष हुनुहुन्थ्यो । गौतम बेनी अनलाइन, नागरिक दैनिक, पब्लिक टिभीमा आवद्ध हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्