ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धानलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिन हुँदैन- गृहमन्त्री


एबीसी न्यूज

काठमाडौ ३० मंसिर । गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्ने गरी कसैले अभिव्यक्ति दिन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गहमन्त्री लेखकले सहकारीको रकम अपचलन गरेको विषयमा प्रहरीले अनुसन्धान गरिराखेको व्यक्तिका विषयमा टीकाटिप्पणी गर्दा ध्यान दिनुपर्ने बताउनुभएको छ । केही दिन अगाडि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्न सकिने भन्दै अभिव्यक्ति दिनुभएको थियो ।

पत्रकारले सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लेखकले संसदीय छानबिन समितिको निष्कर्ष र कानुनी प्रक्रियाका आधारमा अनुसन्धानमा रहेको व्यक्तिमाथि स्वतन्त्रपूर्वक राज्यका निकायले काम गर्न दिनुपर्ने बताउनुभयो । उहाँले देशबाहिर रहेका जिवी राईलाई नियन्त्रणमा लिने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले सहकारी मात्र नभएर गैर कानुनी काम गर्ने जुनसुकै व्यक्ति संस्थामाथि आवश्यक कारबाही गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो । कानुनभन्दा कुनै पनि व्यक्तिमाथि नभएकाले जुनसुकै व्यक्ति दोषी भए, प्रमाणले दोषी ठहर्‍याए कारबाही हुने बताउनुभयो । उहाँले यो सरकार आगामी निर्वाचनसम्म जाने बताउनुभयो । कुनै व्यक्तिले सरकार लामो समय जाँदैन भन्दैमा असर नपर्ने बताउनुभयो । उहाँले देशलाई एउटा निकास दिनका लागि स्थायी सरकार सञ्चालनका लागि एमाले र कांग्रेस एक भएर सरकार सञ्चालन गरेको बताउनुभयो ।

दुई शक्ति एक हुनुको अर्को उद्देश्य छ आवश्यक बुँदामा संविधान संशोधन गर्ने । यो बारेमा हामीले प्रकृया अगाडि बढाएका छौं । संविधान संंशोधन एउटा दुई वटा दलले मात्र गरेर हुँदैन सबै दलको सहभागितामा संविधान संशोधन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा सहकारी पीडितले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएर रकम फिर्ताका लागि सरकारले पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

सम्बन्धित

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com