ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धानलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिन हुँदैन- गृहमन्त्री


एबीसी न्यूज
मंसिर ३०, २०८१ आईतबार   १ : २६   बजे

काठमाडौ ३० मंसिर । गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्ने गरी कसैले अभिव्यक्ति दिन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गहमन्त्री लेखकले सहकारीको रकम अपचलन गरेको विषयमा प्रहरीले अनुसन्धान गरिराखेको व्यक्तिका विषयमा टीकाटिप्पणी गर्दा ध्यान दिनुपर्ने बताउनुभएको छ । केही दिन अगाडि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्न सकिने भन्दै अभिव्यक्ति दिनुभएको थियो ।

पत्रकारले सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लेखकले संसदीय छानबिन समितिको निष्कर्ष र कानुनी प्रक्रियाका आधारमा अनुसन्धानमा रहेको व्यक्तिमाथि स्वतन्त्रपूर्वक राज्यका निकायले काम गर्न दिनुपर्ने बताउनुभयो । उहाँले देशबाहिर रहेका जिवी राईलाई नियन्त्रणमा लिने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले सहकारी मात्र नभएर गैर कानुनी काम गर्ने जुनसुकै व्यक्ति संस्थामाथि आवश्यक कारबाही गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो । कानुनभन्दा कुनै पनि व्यक्तिमाथि नभएकाले जुनसुकै व्यक्ति दोषी भए, प्रमाणले दोषी ठहर्‍याए कारबाही हुने बताउनुभयो । उहाँले यो सरकार आगामी निर्वाचनसम्म जाने बताउनुभयो । कुनै व्यक्तिले सरकार लामो समय जाँदैन भन्दैमा असर नपर्ने बताउनुभयो । उहाँले देशलाई एउटा निकास दिनका लागि स्थायी सरकार सञ्चालनका लागि एमाले र कांग्रेस एक भएर सरकार सञ्चालन गरेको बताउनुभयो ।

दुई शक्ति एक हुनुको अर्को उद्देश्य छ आवश्यक बुँदामा संविधान संशोधन गर्ने । यो बारेमा हामीले प्रकृया अगाडि बढाएका छौं । संविधान संंशोधन एउटा दुई वटा दलले मात्र गरेर हुँदैन सबै दलको सहभागितामा संविधान संशोधन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा सहकारी पीडितले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएर रकम फिर्ताका लागि सरकारले पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group