ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाअभियोग प्रस्ताव पारित भएसँगै दक्षिण कोरियाली राष्ट्रपति यून निलम्बन


एबीसी न्यूज

काठमाडौं ३० मंसिर । दक्षिण कोरियाली संसद्ले राष्ट्रपति यून सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । आज भएको मतदानमा दुई सय चार सांसदले राष्ट्रपति यूनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका बीबीसीले जनाएको छ । ८४ सांसदले भने महाभियोगको विपक्षमा मतदान गरे । आठ मत बदर भएको छ भने तीन जना सांसद तटस्थ बसेका छन् ।

महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति यून पदबाट स्वतः निलम्बित भएका छन् । संसद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै यूनले अब संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । दक्षिण कोरियाको संवैधानिक अदालतलाई उनको राजनीतिक भविष्यबारे निर्णय गर्न एक सय ८० दिनको समय हुनेछ । त्यसले उनलाई पदबाट हटाउन पनि सक्छ वा पुनर्बहाली पनि गर्नसक्छ ।

संवैधानिक अदालतको अन्तिम निर्णयसम्मका लागि दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सो कार्यवाहक राष्ट्रपति बन्नुभएको छ । उहाँले स्थिर शासन दिन आफूले सकेको गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति यून सुक येओले १२ दिन अघि मार्सल कानुन लागू गरेका कारण उनीमाथि महाअभियोग लागेको हो । उनको ुमार्सल लु केही घण्टा मात्रै टिकेको थियो ।

सैन्य शासन घोषणा गर्ने आफ्नो कदमका लागि यूनले क्षमायाचना गरिसकेका छन् । यसअघिको महाभियोग असफल भएपछि आज दोस्रो पटक प्रस्तावमा मतदान हुँदा पारित भएको हो । दक्षिण कोरियाको संसद् भवनबाहिर यो निर्णयप्रति खुसी व्यक्त गर्दै प्रदर्शनहरू भइरहेका छन् ।

राष्ट्रपति यून र उनका सहयोगीहरूमाथि अहिले देशद्रोह गरेको आशंकामा अनुसन्धान भइरहेको छ । यो कसुरमा मृत्युदण्डसम्मको सजाय हुने कानूनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com