ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको भयका कारण एक टिभी च्यानलबाट आत्मसर्पण, ट्रम्पलाई १५ मिलियन डलर तिर्ने सम्झौता


एबीसी न्यूज
मंसिर ३०, २०८१ आईतबार   ५ : ५६   बजे

 

काठमाडौं ३० मंसिर। अमेरिका डिज्नी ग्रुपको स्वामित्वमा रहेको एबीसी न्यूज च्यानलले राष्ट्रपति–निर्वाचित डोनाल्ड जे. ट्रम्पको भविष्यको राष्ट्रपतिको फाउण्डेसन र संग्रहालयलाई १५ मिलियन अमेरिकी डलर दिने सम्झौता गरेको छ । यो सम्झौता ट्रम्पद्वारा एबीसी न्यूजका चर्चित एंकर जर्ज स्टेफानोपोलसले गरेका टेलिभिजन रिपोर्टका विरुद्ध दायर मानहानिको मुद्दाको समाधान गर्न गरिएको हो।

एबीसी न्यूज र स्टेफानोपोलसले एक विज्ञप्ति प्रकाशित गर्दै मार्चमा गरिएको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ट्रम्पबारे व्यक्त विचारप्रति ‘खेद व्यक्त’ गरेको बताएका छन्।

वाल्ट डिज्नी कम्पनीको स्वामित्वमा रहेको एबीसी न्यूजले मियामीको संघीय जिल्ला अदालतमा दर्ता गरिएका सम्झौता सर्तहरू अनुसार ट्रम्पलाई कानूनी शुल्कको रूपमा थप १ मिलियन डलर पनि दिन सहमत भएको छ ।
यो घटनाक्रमले ट्रम्पको राष्ट्रिय समाचार संस्थाहरूविरुद्ध चलिरहेको कानूनी अभियानमा असामान्य जित दिलाएको न्यूयोर्क टाइम्ले उल्लेख गरेको छ । यसअघि ट्रम्पले सिएनएन, द न्यू योर्क टाइम्स, र द वासिङ्टन पोस्ट विरुद्ध दायर गरेका मानहानिका मुद्दाहरूमा पराजित भएका थिए।

सार्वजनिक व्यक्तित्वहरूले कुनै पनि मिडिया संस्थाविरुद्धका मानहानि मुद्दा जित्न गाह्रो हुन्छ । यस्तो आरोप प्रमाणित गर्न उच्च कानूनी मापदण्ड आवश्यक पर्छ, संस्थाले न केवल झुटो बोलेको थियो, तर उसले जानाजानी खराब नियतले त्यसो गरेको थियो भन्ने प्रमाणित गर्न असम्भव जस्तै मानिन्छ ।
ट्रम्प र च्यानलका बीच सम्झौतामा हस्ताक्षर भएको दिन नै संघीय न्यायाधीशले ट्रम्पलाई अर्को हप्ता फ्लोरिडाको मुद्दामा बयान दिन उपस्थित हुन आदेश दिएका थिए। स्टेफानोपोलसलाई पनि बयानका लागि बोलाइने तयारी थियो।

मुद्दाको सुरुवात गराउने अन्तर्वार्तामा, स्टेफानोपोलसले साउथ क्यारोलिनाकी रिपब्लिकन प्रतिनिधि न्यान्सी मेसलाई सोधेका थिए, उनले किशोरावस्थामा आफू बलात्कृत भएको सार्वजनिक रूपमा बताएकी छिन्, त र किन उनले ट्रम्पलाई नै समर्थन गर्छिन् ? ट्रम्प गत वर्ष म्यानहटनको एक नागरिक मुद्दामा ‘बलात्कारको जिम्मेवार’ पाइएको थियो ।
त्यो मुद्दामा, संघीय जूरीले लेखक ई. जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र मानहानि गरेको अभियोगमा ट्रम्पलाई दोषी ठहर गरेको थियो । तर बलात्कारको अभियोगमा दोषी ठहर गरेको भने थिएन। मुद्दा हेर्ने न्यायाधीशले न्यू योर्कको बलात्कारको कानूनी परिभाषा साँघुरो भएकाले, जूरीको निर्णयले ट्रम्पले ‘बलात्कार गरेनन्’ भन्ने प्रमाणित गर्दैन भन्दै स्पष्ट गरेका थिए ।

Getty Images George Stephanopoulos sits at the ABC News anchor's desk
Anchor, George Stephanopoulos

क्यारोल मुद्दामा जूरीले ट्रम्पलाई ८३.३ मिलियन क्षतिपूर्ति दिन आदेश दिएको थियो। उनी उक्त फैसला विरुद्ध अपील गरिरहेका छन्।

गत मार्चमा ट्रम्पले स्टेफानोपोलसविरुद्ध मुद्दा दायर गर्दै ई. जीन क्यारोलमाथि ‘बलात्कार गरेको जिम्मेवार’ भन्दै बारम्बार प्रसारणमा गरिएका कथनहरूले आफ्नो प्रतिष्ठामा क्षति पुर्याएको आरोप लगाएका थिए ।

सम्झौतासँगै, ट्रम्पले एबीसी न्यूजलाई मुद्दामा आफ्नो प्रतिरक्षा गर्ने प्रयास नगर्न राजी गराउन सफल भएका छन् ।

२०२४ को चुनावी अभियानको क्रममा एबीसी न्यूज र ट्रम्पको समूहबीच तनाव बढेको थियो ।

ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसविरुद्धको एकमात्र बहसको व्यवस्थापनका लागि एबीसीलाई ‘भयावह’ भन्दै, मोडरेटर डेविड मुइर र लिन्सी डेविसलाई आफ्नो जवाफको फ्याक्ट चेक गरेकोमा आरोप लगाएका थिए ।

ट्रम्पले एबीसी न्यूजको वरिष्ठ डिज्नी कार्यकारी डाना वाल्डेन र श्रीमती ह्यारिसबीचको निकट सम्बन्धका विषयमा पनि असन्तुष्टि व्यक्त गरेका थिए । तर एबीसी न्यूजले सम्पादकीय निर्णयमा वाल्डेनको कुनै भूमिका नरहेको बताउँदै आएको छ ।

सम्झौता सर्तअनुसार, एबीसीले मार्च १०, २०२४ मा ‘एबीसीको दिस वीक’ कार्यक्रममा न्यान्सी मेससँगको अन्तर्वार्तासम्बन्धी अनलाइन लेखको पुछारमा एक सम्पादकीय नोट थप्न सहमति जनाएको छ । नोटमा ‘एबीसी न्यूज र जर्ज स्टेफानोपोलसले राष्ट्रपति डोनाल्ड जे. ट्रम्पबारे दिएका कथनहरू प्रति खेद प्रकट गर्छन्’ लेखिने छ ।

मे महिनामा, ‘लेट शो विथ स्टेफन कोल्बर्ट’ कार्यक्रममा ट्रम्पको मुद्दाबारे प्रश्न गर्दा स्टेफानोपोलसले भनेका छन्, ‘यो अब कामसँगै आउने एउटा कुरा हो। तर डोनाल्ड ट्रम्पको धम्कीका कारण मैले आफ्नो काम गर्न छोड्ने छैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group