ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको भयका कारण एक टिभी च्यानलबाट आत्मसर्पण, ट्रम्पलाई १५ मिलियन डलर तिर्ने सम्झौता


ABC News

 

काठमाडौं ३० मंसिर। अमेरिका डिज्नी ग्रुपको स्वामित्वमा रहेको एबीसी न्यूज च्यानलले राष्ट्रपति–निर्वाचित डोनाल्ड जे. ट्रम्पको भविष्यको राष्ट्रपतिको फाउण्डेसन र संग्रहालयलाई १५ मिलियन अमेरिकी डलर दिने सम्झौता गरेको छ । यो सम्झौता ट्रम्पद्वारा एबीसी न्यूजका चर्चित एंकर जर्ज स्टेफानोपोलसले गरेका टेलिभिजन रिपोर्टका विरुद्ध दायर मानहानिको मुद्दाको समाधान गर्न गरिएको हो।

एबीसी न्यूज र स्टेफानोपोलसले एक विज्ञप्ति प्रकाशित गर्दै मार्चमा गरिएको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ट्रम्पबारे व्यक्त विचारप्रति ‘खेद व्यक्त’ गरेको बताएका छन्।

वाल्ट डिज्नी कम्पनीको स्वामित्वमा रहेको एबीसी न्यूजले मियामीको संघीय जिल्ला अदालतमा दर्ता गरिएका सम्झौता सर्तहरू अनुसार ट्रम्पलाई कानूनी शुल्कको रूपमा थप १ मिलियन डलर पनि दिन सहमत भएको छ ।
यो घटनाक्रमले ट्रम्पको राष्ट्रिय समाचार संस्थाहरूविरुद्ध चलिरहेको कानूनी अभियानमा असामान्य जित दिलाएको न्यूयोर्क टाइम्ले उल्लेख गरेको छ । यसअघि ट्रम्पले सिएनएन, द न्यू योर्क टाइम्स, र द वासिङ्टन पोस्ट विरुद्ध दायर गरेका मानहानिका मुद्दाहरूमा पराजित भएका थिए।

सार्वजनिक व्यक्तित्वहरूले कुनै पनि मिडिया संस्थाविरुद्धका मानहानि मुद्दा जित्न गाह्रो हुन्छ । यस्तो आरोप प्रमाणित गर्न उच्च कानूनी मापदण्ड आवश्यक पर्छ, संस्थाले न केवल झुटो बोलेको थियो, तर उसले जानाजानी खराब नियतले त्यसो गरेको थियो भन्ने प्रमाणित गर्न असम्भव जस्तै मानिन्छ ।
ट्रम्प र च्यानलका बीच सम्झौतामा हस्ताक्षर भएको दिन नै संघीय न्यायाधीशले ट्रम्पलाई अर्को हप्ता फ्लोरिडाको मुद्दामा बयान दिन उपस्थित हुन आदेश दिएका थिए। स्टेफानोपोलसलाई पनि बयानका लागि बोलाइने तयारी थियो।

मुद्दाको सुरुवात गराउने अन्तर्वार्तामा, स्टेफानोपोलसले साउथ क्यारोलिनाकी रिपब्लिकन प्रतिनिधि न्यान्सी मेसलाई सोधेका थिए, उनले किशोरावस्थामा आफू बलात्कृत भएको सार्वजनिक रूपमा बताएकी छिन्, त र किन उनले ट्रम्पलाई नै समर्थन गर्छिन् ? ट्रम्प गत वर्ष म्यानहटनको एक नागरिक मुद्दामा ‘बलात्कारको जिम्मेवार’ पाइएको थियो ।
त्यो मुद्दामा, संघीय जूरीले लेखक ई. जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र मानहानि गरेको अभियोगमा ट्रम्पलाई दोषी ठहर गरेको थियो । तर बलात्कारको अभियोगमा दोषी ठहर गरेको भने थिएन। मुद्दा हेर्ने न्यायाधीशले न्यू योर्कको बलात्कारको कानूनी परिभाषा साँघुरो भएकाले, जूरीको निर्णयले ट्रम्पले ‘बलात्कार गरेनन्’ भन्ने प्रमाणित गर्दैन भन्दै स्पष्ट गरेका थिए ।

Getty Images George Stephanopoulos sits at the ABC News anchor's desk
Anchor, George Stephanopoulos

क्यारोल मुद्दामा जूरीले ट्रम्पलाई ८३.३ मिलियन क्षतिपूर्ति दिन आदेश दिएको थियो। उनी उक्त फैसला विरुद्ध अपील गरिरहेका छन्।

गत मार्चमा ट्रम्पले स्टेफानोपोलसविरुद्ध मुद्दा दायर गर्दै ई. जीन क्यारोलमाथि ‘बलात्कार गरेको जिम्मेवार’ भन्दै बारम्बार प्रसारणमा गरिएका कथनहरूले आफ्नो प्रतिष्ठामा क्षति पुर्याएको आरोप लगाएका थिए ।

सम्झौतासँगै, ट्रम्पले एबीसी न्यूजलाई मुद्दामा आफ्नो प्रतिरक्षा गर्ने प्रयास नगर्न राजी गराउन सफल भएका छन् ।

२०२४ को चुनावी अभियानको क्रममा एबीसी न्यूज र ट्रम्पको समूहबीच तनाव बढेको थियो ।

ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसविरुद्धको एकमात्र बहसको व्यवस्थापनका लागि एबीसीलाई ‘भयावह’ भन्दै, मोडरेटर डेविड मुइर र लिन्सी डेविसलाई आफ्नो जवाफको फ्याक्ट चेक गरेकोमा आरोप लगाएका थिए ।

ट्रम्पले एबीसी न्यूजको वरिष्ठ डिज्नी कार्यकारी डाना वाल्डेन र श्रीमती ह्यारिसबीचको निकट सम्बन्धका विषयमा पनि असन्तुष्टि व्यक्त गरेका थिए । तर एबीसी न्यूजले सम्पादकीय निर्णयमा वाल्डेनको कुनै भूमिका नरहेको बताउँदै आएको छ ।

सम्झौता सर्तअनुसार, एबीसीले मार्च १०, २०२४ मा ‘एबीसीको दिस वीक’ कार्यक्रममा न्यान्सी मेससँगको अन्तर्वार्तासम्बन्धी अनलाइन लेखको पुछारमा एक सम्पादकीय नोट थप्न सहमति जनाएको छ । नोटमा ‘एबीसी न्यूज र जर्ज स्टेफानोपोलसले राष्ट्रपति डोनाल्ड जे. ट्रम्पबारे दिएका कथनहरू प्रति खेद प्रकट गर्छन्’ लेखिने छ ।

मे महिनामा, ‘लेट शो विथ स्टेफन कोल्बर्ट’ कार्यक्रममा ट्रम्पको मुद्दाबारे प्रश्न गर्दा स्टेफानोपोलसले भनेका छन्, ‘यो अब कामसँगै आउने एउटा कुरा हो। तर डोनाल्ड ट्रम्पको धम्कीका कारण मैले आफ्नो काम गर्न छोड्ने छैन।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com