ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सातादेखि ८ डीआईजी कामविहीन


एबीसी न्यूज

काठमाडौं २४ मंसिर । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बाट प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा भएको एक साता बित्दासम्म आठ डीआईजीको पदस्थापन हुन सकेको छैन ।

१७ मंसिरमा गृहमन्त्रीस्तरीय निर्णयबाट आठ प्रहरी अधिकृत डीआईजीमा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका थिए । सोही दिन प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक ९आईजी० बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गर्दै व्यवसायिक ढंगले काम गर्न निर्देशन समेत थिए ।

‘पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको छ । राज्य र संगठनले तपाईंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यवसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुनेछ भनि विश्वास लिएको छु’ आईजी कुँवरले भनेका थिए ।

तर पदोन्नती भएको एक साता बितिसक्दा समेत आठ डीआईजीहरू अहिले कामविहीन बनेका छन् । प्रहरी प्रधान कार्यालय गएर दैनिक हाजिर लगाएर फर्काउने बाहेक उनीहरूको काम हुन सकेको छैन ।

 

कामविहीन हुने डीआईजीहरूमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।

प्रहरी नियमावलीअनुसार एसएसपी र डीआईजीको बढुवा, सरुवा तथा पदस्थापनको जिम्मा गृहमन्त्रीलाई हुन्छ । तर गृहमन्त्री रमेश लेखकले एक साता बित्दासम्म बढुवा भएका आठ डीआईजीहरूको पदस्थापन गर्न सकेका छैनन् ।

सामान्यतयाः यसअघि बढुवा गरिएकै बेला पदस्थापन पनि सँगै हुने गरेको थियो । तर प्रदेश र केही महत्त्वपूर्ण ठाउँहरूको इन्चार्जमा जाने प्रहरी अधिकृतहरुको लबिइङका कारण डीआईजीहरूको अहिलेसम्म पदस्थापन हुन नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com