ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमसँग हार्‍यो काठमान्डु, ९४ रनमै अलआउट


एबीसी न्यूज

काठमाडौं २० मंसिर । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ९४ रनमै अलआउट गरेको छ।

नरेन साउदको घातक बलिङमा काठमान्डु गुर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार दोस्रो जित निकालेको हो।

योसँगै बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिमसँग काठमान्डु ७३ रनले पराजित भयो। जारी एनपीएलमा सुदूरको यो दोस्रो जित हो।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराएको थियो।

काठमान्डुले भने एनपीएलको तीन खेलमा दुई हार भोगेको छ। काठमान्डु पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो।

 

सुदूरपश्चिमले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमान्डु १५।५ ओभरमा ९४ रनमा समेटियो।

काठमान्डुलाई सस्तैमा रोक्न सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए। उनले ३।५ ओभरमा मात्र १९ रन खर्चे। एनपीएलको एकै खेलमा ५ विकेट लिने नरेन दोस्रो खेलाडी हुन्।

यसअघि चितवनका तनविरले एकै खेलमा पाँच विकेट लिएका थिए।

अविनाश बोहोराले २ विकेट लिए। ब्रान्डोन र सैफ जैवले समान एक विकेट झारे।

स्टेफन एस्किनाजीले बनाएको ३७ रन नै काठमाडौँका लागि सर्वाधिक रह्यो। उनले ३३ बलमा ५ चौका र १ छक्का हाने। सुमित महर्जनले १४ रन थपे। भीम सार्की र जेहार्ड इरासमसले समान १० रन बनाए।

अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो।

दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारी र ब्राण्डोन म्याक मुलेनले ८६ रनको साझेदारी गरे। मुलेन ५३ रनमा गेहार्ड इरासमसको बलमा सहाब आलमको हातबाट क्याच आउट हुन पुगे। मुलेनले ३१ बलमा ३ चौका र ४ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

ओपनर भण्डारी ३५ रन बनाउँदा साहब आलमको बलमा एलबीडब्लु धरापमा परे। कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रन बनाउँदै पेलेलियन फर्के। २५ बलमा ३ चौका र २ छक्का हानेका दीपेन्द्र करण केसीको बलमा माइकल लेविटको हातबाट क्याच आउट भए।

अर्का ओपनर जैब खान ११ रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए। रोहन मुस्तफा ५ रन बनाउँदा रासिदकै बलमा बोल्ड आउट भए। आरिफ शेख ३ रन बनाउँदा रनआउट हुन पुगे।

स्कट कुगलेइन ७ र ईशान पाण्डे १ रनमा अविजित रहे।

काठमान्डुका लागि रासिद खानले दुई विकेट लिए। करण केसी, साहब आलम र जेहार्ड इरासमसले समान एक विकेट झारे।

आजै भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com