काठमाडौं २० मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५।९३ अंक ९०।५७ प्रतिशत घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो ।
व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३।६७ र लाइफ इन्स्योरेन्स ०।७९ प्रतिशत बढे । होटल सेक्टर सबैभन्दा धेरै ३।६३ प्रतिशत घट्यो । बैंकिङ ०।९७, विकास बैंक १।०८, फाइनान्स २।७८, हाइड्रोपावर ०।८८, लगानी ०।९८, उत्पादन १।१४, माइक्रोफाइनान्स १।१४, निर्जीवन बीमा ०।१९ तथा अन्य ०।४८ प्रतिशत घटे ।
खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ९।८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७।९ प्रतिशत मूल्य बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्सको ८।३, नेपाल फाइनान्सको ७।१, गुराँस लघुवित्तको ६।५ तथा तारागाउँ रिजेन्सीको मूल्य ६।१ प्रतिशत घट्यो । तारागाउँले आजै ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, रसुवागढी हाइड्रोपावर र जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्