ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमले काठमान्डुलाई दियो १६८ रनको लक्ष्य


एबीसी न्यूज

काठमाडौं २० मंसिर । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजसामु सुदूरपश्चिम रोयल्सले जितका लागि १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डु गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको हो।

दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारी र ब्रान्डोन म्याकमुलेनले ८६ रनको साझेदारी गरे। म्याकमुलेन ५३ रनमा गेहार्ड इरासमसको बलमा साहब आलमको हातबाट क्याच आउट हुन पुगे। म्याकमुलेनले ३१ बलमा ३ चौका र ४ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

ओपनर भण्डारी ३५ रन बनाउँदा साहब आलमको बलमा एलबीडब्लु धरापमा परे।

कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रन बनाउँदै पेलेलियन फर्के। २५ बलमा ३ चौका र २ छक्का हानेका दीपेन्द्र करण केसीको बलमा माइकल लेविटको हातबाट क्याच आउट भए।

अर्का ओपनर जैब खान ११ रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए। रोहन मुस्ताफा ५ रन बनाउँदा रासिदकै बलमा बोल्ड आउट भए। आरिफ शेख ३ रन बनाउँदा रनआउट हुन पुगे।

स्कट कुगलेइन ७ र ईशान पाण्डे १ रनमा अविजित रहे।

काठमान्डुका लागि रासिद खानले दुई विकेट लिए। करण केसी, साहब आलम र जेहार्ड इरासमसले समान एक विकेट झारे।

काठमान्डुले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको ‘पाथिभरा ड्रामा’: ८ करोडको ‘करछली गाडी’ मा झापाबाट पाथिभरा यात्रा (विस्तृतमा)

रुपन्देहीका क्षेत्र १, ४ र ५ : कांग्रेस–एमालेको पुरानो द्वन्द्व, रास्वपाको युवा चुनौती र नेकपाको मधेस कार्ड !

सम्बन्धित

बालेनको ‘पाथिभरा ड्रामा’: ८ करोडको ‘करछली गाडी’ मा झापाबाट पाथिभरा यात्रा (विस्तृतमा)

उदयपुरमा चुनावी दौडधुप : दुई सिटमा ३१ उम्मेदवार, त्रियुगा र कटारीले मार्ला बाजी ?

रुपन्देहीका क्षेत्र १, ४ र ५ : कांग्रेस–एमालेको पुरानो द्वन्द्व, रास्वपाको युवा चुनौती र नेकपाको मधेस कार्ड !

रुपन्देही–२ : विष्णु पौडेल र चुन्नु पौडेलबीच ‘क्लासिक’ प्रतिस्पर्धा, रास्वपाले कति मत काट्ला ?

रुपन्देही–३ : मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार-रास्वपालाई बागीको डर

आज श्रीपञ्चमी, सरस्वती पूजा गरेर मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com