ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई समझदारीबारे माओवादीले थप अध्ययनपछि मात्र धारणा सार्वजनिक गर्ने


एबीसी न्यूज
मंसिर २०, २०८१ बिहीबार   २ : ३७   बजे

काठमाडौं २० मंसिर । नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड बीआरआई कोअपरेसन’ समझदारीमा सोमबार भएको हस्ताक्षरबारे तत्काल प्रतिक्रिया दिन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र हिच्किचाएको छ।

सात वर्षअघि बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भए पनि ‘बीआरआई’सँग सम्बन्धित परियोजनाको मोडालिटीमा सहमति नजुट्दा यसको कार्यान्वयन अघि बढेको थिएन।

माओवादी केन्द्र सुरुदेखि नै सकभर अनुदान, त्यो सम्भव नभए सहुलियतपूर्ण ऋण र दुवै देशको साझा लगानी हुनेगरी बीआरआईसम्बन्धी परियोजना अघि बढाउनुपर्ने पक्षमा थियो।

कांग्रेस(एमालेको संयुक्त सरकार बन्नुअघि प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोही मोडालिटीमा ‘बीआरआई’ कार्यान्वयनलाई अघि बढाउने प्रयास गरेका थिए।

तर, बीआरआईसम्बन्धी परियोजनामा ऋण लिनै नहुने अडानमा नेपाली कांग्रेस थियो। यही कारण गत साल प्रचण्ड चीन भ्रमणमा जाँदासमेत कार्यान्वयन सम्झौता हुन सकेको थिएन।

त्यो बेला नेपाली कांग्रेस पनि माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल थियो। नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने परराष्ट्रमन्त्री एनपी साउदले असहमति जनाएपछि बीआरआई कार्यान्वयनसम्बन्धी विषय संयुक्त विज्ञप्तिमा मात्र उल्लेख गरिएको थियो।

अहिले एमाले नेतृत्वको सरकारमा सामेल नेपाली कांग्रेसको प्रस्तावमा प्रस्तावित ‘बीआरआई कार्यान्वयन सम्झौता’लाई परिवर्तन गरी ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ प्रस्ताव गरिएपछि त्यसमा बुधबार बेइजिङमा दुई मुलुकबीच सहमति जुटेको छ।

बहसको विषय बनिरहेको ‘ऋण’का सन्दर्भमा नयाँ समझदारीमा ऋण वा अनुदान प्रस्ट नखुल्ने गरी ‘एड असिस्टेन्स’ शब्दावली प्रयोग गरिएको छ। त्यही कारण आधिकारिक प्रतिक्रिया व्यक्त गर्न दलहरू हिच्किचाइरहेका छन्।

यसै क्रममा ‘बीआरआई’ कार्यान्वयन अघि बढाउने पक्षमा आफ्नो मत जाहेर गर्दै आएको माओवादी केन्द्रको बिह‍ीबार बसेको पदाधिकारी बैठकले यस विषयमा कुनै धारणा सार्वजनिक गरेन।

‘बीआरआईबारे कस्तो समझदारी भएको त्यो पनि प्रस्ट भएको छैन’, माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले नेपालखबरसँग भने, ‘त्यसैले, त्यस विषयमा हामीले खासै छलफल गरेनौँ।’

प्रवक्ता सापकोटाका भनाइमा, बिहीबार बिहानको बैठकको प्रयोजन उपनिर्वाचनको समीक्षाका लागि थियो।

‘हामीले उपनिर्वाचनको समीक्षा गर्‍यौँ’, उनले भने, ‘बीआरआई’बारे नयाँ समभदारीका सम्बन्धमा भने सरकारका तर्फबाट आधिकारिक कुरा आफ्नो धारणा सार्वजनिक गर्नेछौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group