काठमाडौं २० मंसिर । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ३ नोभेम्बर ९१८ कात्तिक० देखि ३ डिसेम्बर ९१८ मंसिर० सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका छन् । यस अवधिमा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए ।
त्यसैगरी २ हजार ५ सय ३३ यात्रु भने भैरहवा अवतरण गरेको तिवारीले जानकारी दिए । यस अवधिमा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन् ।
वायुसेवा कम्पनीहरूले काठमाडौं आउने यात्रुलाई भैरहवा हुँदै ल्याएका कारण ट्रान्जिट संख्या बढेको हो । एक महिनामा कुल १ सय ५६ उडान÷अवतरण भएका छन् । ७८ उडान र ७८ अवतरण भएको तथ्यांक छ ।
एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ । यसले १ हजार ७ सय ९२ यात्रु उडाएको छ भने १ हजार २ सय ४२ यात्रुलाई भैरहवा ल्याएको छ ।
त्यस्तै दोस्रो स्थानमा फ्लाई दुबई छ । यसले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको छ ।
एक महिनामा कुन कम्पनीले कति यात्रुलाई दिए सेवा
जजिरा ३०३४
फ्लाई दुबई ११३२
थाई एयर एसिया ४४७
कतार ९३
नेपाल एयरलाइन्स ३९
चार्टर्ड २६
प्रतिक्रिया दिनुहोस्