काठमाडौं १९ मंसिर । सत्तारुढ दल नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने बताएका छन् ।
उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने पोखरेलको भनाइ छ । न्युज एजेन्सी नेपालसँग बुधबार कुरा गर्दै उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत एमाले विजयी भएको उनको भनाइ छ ।
पोखरेलले स्थानीय तहको निर्वाचनलाई लिएर एमाले निराश हुनुपर्ने कारण नरहेको दाबी गरे । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने उनको भनाइ थियो ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको पोखरलको दाबी छ । कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मत ल्याएर विजयी भएका थिए भने दोस्रो भएमा माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याएर तेस्रो भएका थिए ।
अहिले पुराना राजनीतिक दलहरू ुआउटडेटेडु भए भन्ने भास्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको पोखरेलको दाबी थियो । अहिले एउटा भास्य खडा गरिँदैछ, पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन, कायम छन् भन्यो,’ उनले भने ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ को चुनावमा भएका कमजोरीको समीक्षा गर्ने पोखरेलले बताए । काठमाडौं १६ को अध्यक्ष रास्वपाकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी थिइन् । यो वडामा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर २ हजार २ सय २० मत ल्याएर दोस्रो भएका थिए ।
काठमाडौं महानगरको १६ नम्बरको पनि अवस्था त्यही हो । महत्वपूर्ण वडा हो तर त्यहाँ हामीले जित्न सकेनौं । त्यसमा भएका कमी, कमजोरीलाई हामी हेर्छौं र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौं,ु उनले भने, उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरूमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्छौं ।
प्रतिक्रिया दिनुहोस्