ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरिया देखाएर जंगी शासन लाउन खोजे, अब बेहोर्दै छन् महाभियोग


एबीसी न्यूज
मंसिर १९, २०८१ बुधबार  ४ : ३९ बजे

काठमाडौं १९ मंसिर । उत्तर कोरियाको बहाना गरेर मुलुकमा जंगी शासन लागू गर्ने प्रयास गरेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अब महाभियोग सामना गर्नुपर्ने भएको छ।

उनले जंगी शासन घोषणा गरेको दुई घण्टा नबित्दै सांसदहरूले अवरोध तोड्दै संसद् भवनमा पसेर सो घोषणालाई रोक्ने पक्षमा मतदान गरेका थिए।

आफ्नै पार्टीसहित सिंगो संसद् र जनताको पनि विरोधको सामना गर्नुपर्ने भएपछि युन सो घोषणा फिर्ता लिन बाध्य भएका थिए।

अब विपक्षी डेमोक्र्याटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अघि सारेको छ। उनलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा शनिबारसम्ममा संसदले मतदान गर्नुपर्ने हुन्छ।

दक्षिण कोरियामा महाभियोग लगाउनका लागि ३ सय सदस्यीय संसदको दुई तिहाइ अर्थात् २ सय सदस्यको समर्थन आवश्यक पर्छ।

संसदबाट महाभियोग सदर भए यस विषयमा संवैधानिक अदालतमा सुनुवाइ हुने गर्छ। संवैधानिक अदालतमा ९ न्यायाधीश हुन्छन्।

त्यसमध्ये ६ जनाले महाभियोगको पक्षमा मत दिए राष्ट्रपति पदबाट बर्खास्त हुने छन्।

त्यसो भए पनि युन महाभियोग लाग्ने पहिलो राष्ट्रपति हुने छैनन्। २०१६ मा तत्कालीन राष्ट्रपति पार्क ग्युन हे साथीलाई ठगी गर्न सहयोग गरेको आरोपमा महाभियोगद्वारा हटाइएकी थिइन्।

२००४ मा राष्ट्रपति रो मुन ह्युन महाभियोग लागेर दुई महिना निलम्बित भएका थिए। पछि संवैधानिक अदालतले उनलाई पदमा बहाल गरेको थियो।

५० वर्षअघिको तानाशाही बिर्सेर लोकतन्त्र र उन्नतिको बाटोमा लागेको दक्षिण कोरिया युनको सनकी कदमले चकित परेको छ। उनले कानुन मिच्नुको साथै राजनीतिक रूपमा पनि गलत हिसाब गरेको विश्लेषकहरूको भनाइ छ।

उनको राजीनामा माग्दै प्रदर्शनहरू भएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com