ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ किमि सुरुङ भएको टोखा-छहरे बने २ घण्टामै चीन पुग्न सकिने


एबीसी न्यूज

काठमाडौं १९ मंसिर । काठमाडौँबाट चीनसम्मको दूरी छोट्याउने टोखा–छहरे सुरुङमार्गको काम अघि बढ्ने भएको छ। प्रारम्भिक अध्ययनपछि रोकिएको काम चिनियाँ सहयोगमै अघि बढ्ने भएको हो।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने सहमति भएको छ। नेपाल र चिनियाँ पक्षबीच उक्त समझदारी पत्र आदानप्रदान भयो। परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका छन्।

काठमाडौँलाई चीनसँग जोड्ने मुख्यतः २ नाका छन् स् तातोपानी र रसुवागढी। टोखा–छहरे सुरुङमार्गले चीनसँगको दूरी छोट्याउन सहयोग पुग्ने छ। यसले नुवाकोट, रसुवाका बासिन्दाका लागि काठमाडौँसम्मको दूरी पनि छोट्याउने छ।

नुवाकोटका नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनले यो आयोजनामा १ अर्ब बजेट छुट्टाएका थिए।

‘टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य सकिएको छ,’ महतले ल्याएको बजेट वक्तव्यमा भनिएको छ, ‘विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन सम्पन्नगरी निर्माणकार्य अघि बढाउन १ अर्ब छुट्याएको छ।’

मन्त्रीले १ अर्ब बजेट छुट्याए पनि कुनै काम अघि नबढेकाले सो रकम बीचमै रकमान्तर गरी अन्य आयोजनामा खर्च भयो। चालु आर्थिक वर्षको बजेटमा प्राथमिकता दिइएन।

विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव भीमार्जुन अधिकारीले टोखा सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको भन्दै सम्भाव्यता, डीपीआर र वातावरण प्रभाव मूल्यांकनको काम बाँकी रहेको बताए।

‘चीन टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न सकारात्मक नै थियो,’ सहसचिव अधिकारीले भने, ‘आज सम्झौता भएको भन्ने छ। तर के गर्नका लागि सम्झौता भयो, विस्तृतमा जानकारी आएको छैन।’

२०७६ मा चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्ग बनाउन सकिने उल्लेख गरेको थियो। यद्यपि यसको काम अघि बढ्न सकेको छैन। सरकारले गत आर्थिक वर्ष काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग अघि बढाउने घोषणा गरे पनि प्रगति हुन नसकिरहँदा अहिले भएको समझदारीले निर्माण अघि बढ्ने सडक विभागका इन्जिनियरहरु बताउँछन्।

४ किमि सुरुङ
२०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका समयमा टोखा–छहरे र बेत्रावती–रसुवागढी सुरुङमार्गको अध्ययन गर्ने सहमति भएको थियो।

हाल नेपाल र चीनबीचका २ नाकामध्ये तातोपानी पुग्ने अरनिको राजमार्गको मर्मत–सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्न चीनसँग सहमति भएको छ। नेपालको बाह्रबिसेबाट उत्तरतर्फ सडक अप्ठेरो छ।

यता, रसुवागढी नाका जोड्ने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम हुन सकेको छैन। चीनले निर्माण गरिदिने स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माणका लागि चिनियाँ पक्षले साइटमा क्याम्प बनाइरहेको आयोजनाले जनाएको छ।

‘स्याफ्रुबेँसी–रसुवागढी करिब १६ किलोमिटर सडक स्तरोन्नति गर्न चिनियाँहरू साइटमा आएर क्याम्प बनाइरहेका छन्,’ सडक योजना प्रमुख खड्गलाल श्रेष्ठ भन्छन्, ‘नेपालकै खर्चमा हुने मैलुङ–स्याफ्रुबेँसी सडकको ठेक्का तोडिइसकेको छ। बहुवर्षीय ठेक्का लगाउन सहमति माग गरेका छौँ।’

हाल केरुङ नाका पुग्न धादिङको गल्छी–त्रिशुली वा टोखा–छहरे ९डाँडा पुगेर झर्नुपर्ने० अवस्था छ। प्रारम्भिक अध्ययनबाट ४ किमि लामो सुरुङ मार्ग बनाउन सकिने देखिएको छ।

सुरुङमार्ग निर्माणमा करिब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सडक निर्माणपछि यो मार्ग ८० किलोमिटरमा छोटिने र काठमाडौँबाट २ घण्टामै चीन पुग्न सकिने सडक विभागका इन्जिनियर बताउँछन्।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई मुकुन्दराज अधिकारीले टोखा–छहरेमा सुरुङमार्ग बन्न सक्ने प्रारम्भिक अध्ययन मात्रै भएको बताए।

‘विस्तृतमा अध्ययन नै भएको छैन। अहिले सुरुङमार्ग बनाउन सकिन्छ भन्ने मात्र हो,’ उनी भन्छन्, ‘चीनसँगको सम्झौतापछि थप काम अघि बढाउन सहज हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओखलढुंगामा एमालेको ‘पूर्ण विद्रोह’: जिल्ला कमिटी नै नेकपामा प्रवेश

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

सम्बन्धित

ओखलढुंगामा एमालेको ‘पूर्ण विद्रोह’: जिल्ला कमिटी नै नेकपामा प्रवेश

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

योगेश भट्टराई : “अध्यक्षको कुराले चिन्तित र दुःखी भएँ, तर मिसनमा अडिग छु”

मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

सभापति भएपछि पहिलोपटक गगन थापा सानेपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com