ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाको साँझ घोषणा गरेको मार्शल घोषणा विहानै हट्यो, तर राजनीतिक अन्योल चर्कियो !


ABC News

काठमाडौं १९ मंसिर । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले अकस्मात डिसेम्बर ३ साँझ(मंगलबार) कर्फ्यु लगाउने घोषणा गरेका थिए । तर चौतर्फी विरोधका बाबजुद उनको घोषणा अर्को बिहानको ४ नबज्दै फिर्ता लिन बाध्य भएको नाटकीय राजनीतिक घटना देखिएको छ । उनको कदमले देशलाई अराजकताको भुमरीमा फसाएको भन्दै चातर्फी विरोध भएको छ भने उनले आफ्नै राष्ट्रपतिको भविष्यलाई नै दाउमा लगाएका छन् । युनको प्रारम्भिक घोषणापछि, सशस्त्र सेना राजधानी सियोलस्थित संसद भवनमा पठाइएको थियो । संसदमा सांसदहरूलाई थुनिएको थियो । संसद भवन बाहिर बाहिर दंगा प्रहरीले घेरेको थियो । हजारौं प्रदर्शनकारी सडकमा उत्रिएर; राष्ट्रपति योललाई नै “उनलाई पक्राउ गर!“ भन्दै नाराबाजी गरेका थिए ।

South Korea president declares martial lawकर्फ्यु घोषणाले सबै राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउँदै सञ्चार माध्यमको स्वतन्त्रता सीमित गराएको थियो । युन सुक योलले आफ्नो कदमलाई सही ठहर्याउने प्रयास गर्दै विपक्षीलाई आक्रमण गरेका थिए । उनले विपक्षी डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको राष्ट्रिय सभाले “राक्षस“ को रूप लिएको र लोकतन्त्रलाई खतरा पु¥याइरहेको गम्भीर आरोप लगाएका थिए । उनले विपक्षीहरूलाई उत्तर कोरियाली “कम्युनिस्ट शक्तिहरू“ सँग मिलेर काम गरेको आरोप समेत आरोप लगाएको अन्तराष्ट्रिउय सञ्चार माध्यमहरुले जनाएका छन् । विभिन्न सञ्चारमाध्यमका अनुसार उनले विपक्षीहरुले राज्यविरुद्ध षड्यन्त्र गरेको कुनै प्रमाण प्रस्तुत गरेका थिएनन् । विपक्षीहरुभित्र उत्तर कोरियाको संलग्नताको कुनै ठोस आधार पनि दिएका छैनन् ।

दक्षिण कोरियाको संवैधानिक सुधारहरूले राष्ट्रपतिको अधिकारलाई क्रमिक रूपमा कमजोर बनाउँदै संसदलाई थप शक्तिशाली बनएको छ । तर अझै पनि राष्ट्रपतिले नेतृत्व गर्ने प्रणाली भएका कारण कार्यकारी आदेश भने बाँकी नै छ । सन् १९८० को दशकमा सैनिक तानाशाही समाप्त भएयता कुनै पनि राष्ट्रपतिले यस्तो असाधारण र अलोकतान्त्रिक कदम चालेको यो पहिलो घटना हो ।US has 'grave concerns' as South Korea imposes, then overturns, martial law  - ABC Newsडेमोक्र्याटिक पार्टीले एक वक्तव्य मार्फत युनको कर्फ्यु घोषणा “आवश्यक रूपमा कू प्रयास“ भएको बताएको छ । सत्तारुढ युनकै पार्टी, पिपल्स पावर पार्टीका प्रमुखले पनि राष्ट्रपतिको यो कदमको विरोध गरेको थियो । एक जना प्रदर्शनकारीले व्यङ्ग्य गर्दै भनेका थिए “युन मातेको जस्तो लाग्छ, अनि राति अचानक यो घोषणा गरिदिए” द इकोनोमिष्टले उल्लेख गरेको छ ।

डिसेम्बर ४ को बिहान संसद भवनमा रहेका सांसदहरूले सर्वसम्मत रूपमा युनको कर्फ्यु आदेशलाई अस्वीकार गरेपछि केही सैनिकहरूले संसद भवन छाड्न थालेका थिए । त्यसको केही घण्टापछि, युनले दोस्रो पटक टेलिभिजन सम्बोधन गर्दै राष्ट्रिय सभाको निर्णयलाई स्वीकार गर्ने घोषणा गर्न बाध्य भएका हुने । तर उनले आफ्नो कर्फ्यु आदेश फिर्ता लिन मन्त्रिपरिषद् बैठक बोलाउने बताएका छन् ।
राष्ट्रपति युन सुक योल, एक दक्षिणपन्थी पूर्व अभियोजक हुन् । उनलाई राजनीतिक अनुभव छैन। सन् २०२२ मा डेमोक्र्याटिक पार्टी (डीपी) का उम्मेदवारलाई साँघुरो मतान्तरले हराउँदै उनी राष्ट्रपति बनेका थिए । पद ग्रहण गरेपछि उनी विवादास्पद नेता सावित भएका छन् । उनको झगडा केवल विपक्षी दलका नेताहरूसँग मात्र होइन, उनकै प्रारम्भिक समर्थकहरूसँग पनि सम्बन्ध बिग्रिएको छ । राष्ट्रपतिको अनुमोदन दर २० प्रतिशतभन्दा तल झरेको छ । उनले पदवाहाली गर्दा यो दर ५३ प्रतिशत थियो । यसले वसन्तमा डेमोक्र्याटिक पार्टीले संसदको नियन्त्रण पुनः हातमा लिँदै आम निर्वाचनमा विजय हासिल गरेको थियो ।

गत हप्तामात्रै संसदले युनको आगामी वर्षको बजेट कटौती गर्ने पक्षमा मतदान गरेको थियो । राजधानी सियोलमा राष्ट्रपतिको विरुद्ध सडक प्रदर्शन र महाभियोग प्रक्रिया चल्ने हल्लाहरू फैलिरहेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् युनको आश्चर्यजनक निर्णयले जनतालाई धोका दिने मात्र नभएर उनका प्रशासनका धेरै सदस्यलाई पनि चकित पारिदिएको छ । राष्ट्रपतिको कार्यालयका एक स्रोतले बताएअनुसार, “यो पूर्ण रूपमा कमान्डर इन चिफको व्यक्तिगत निर्णय हो। यहाँका अधिकांश कर्मचारी र क्याबिनेटका सदस्यहरूका लागि यो ठूलो आश्चर्यको कुरा थियो” इकोनोमिष्टले आफ्नो समाचार विश्लेषणमा उल्लेख गरेको छ ।
अमेरिकी प्रशसनले समेत राष्ट्रपतिको यो कदमको पूर्व जानकारी नभएको बताएको छ । अमेरिकाको एशियामा सवैभन्दा ठूलो सैन्य उपस्थिति दक्षिण कोरियामा रहेको छ ।

युनले आफ्ना विपक्षीहरूलाई पहिलो कदम चालेर चकित पार्ने योजना बनाएको सत्तारुढ दलले अनुमान गरेको छ । तर उनको यो कदमले लोकतान्त्रिक दक्षिण कोरियामा सामान्य राजनीतिक अभ्यासको सीमा उल्लंघन गरेको छ । १९६० र १९७० को दशकमा शासन गरेका सैनिक तानाशाह पार्क चुंग हीका रणनीतिहरूलाई राष्ट्रपतिले पछ्याउन खोजेजस्तो देखिएको छ ।

अमेरिकी थिंक ट्याङ्क सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज का भिक्टर चाले टिप्पणी गरेका छन् “उनले राजनीतिक परमाणु बम प्रयोग गरेका छन।” तर यस कदमले प्रशासन बचाउने होइन, युनको पतनलाई नजिक ल्याउने अवस्था आएको छ । साँझ मस्त निद्रामा सुतेका लाखौं जनता जब बिहान व्युंझे दक्षिण कोरिया गहिरो राजनीतिक संकटमा फस्दै गएको देख्न वाध्य भए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com