ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे ५ किलो सुन प्रकरण : मुख्य योजनाकार चिनियाँ, दुबईमा भरिया खोजेर तस्करी


एबीसी न्यूज
मंसिर १८, २०८१ मंगलबार   ५ : १८   बजे

काठमाडौं १८ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ५ किलो ७ सय ग्राम सुन तस्करी घटनामा पक्राउ परेका तीनै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले पक्राउ परेका एक चिनियाँ र दुई म्यानमारका नागरिकलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अदालतको आदेशसँगै चिनियाँ नागरिक जियान योङ र म्यानमारका साट नेइङ टन र इङ ङोन फू कारागार चलान भएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता लोकराज ढुंगानाले उनीहरूलाई अदालतमा उपस्थित गराइएकाले अब कारागार चलान गरिने बताए ।

 

भन्सार कार्यालयले उनीहरूविरुद्ध सुन भन्सार चोरी पैठारीको कसुरमा ८ करोड भन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । १६ मंसिरमा दायर भएको मुद्दा तीन दिनको सुनुवाइ पछि मंगलबार आदेश आएको हो ।

दुबईमा भरिया खोजेर तस्करी

अनुसन्धानका क्रममा चिनियाँ नागरिकको योजनामा सुन तस्करी भएको देखिन्छ । पक्राउ परेका चिनियाँ यसअघि समेत काठमाडौं आएको समेत खुलेको छ ।

चिनियाँ नागरिक जियान योङ एक महिनाअघि १० असोजमा मात्रै काठमाडौं आएको उनको पोसपोर्टबाट खुलेको छ । यसअघि पनि उनी काठमाडौं आएर फर्केकाले सुन तस्करी भएको हुनसक्ने भन्दै सोही अनुसार भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको थियो । जस क्रममा उनकै योजनामा यो सुन तस्करी भएको खुलेको छ ।

जियान योङ १० असोजमा काठमाडौं आएर त्यसै दिन फर्केका थिए । यसबाट उनको ट्राभल नै संकास्पद देखिएको थियो । संकास्पद राडरमा राखिएका उनै जियान एक महिनापछि फेरि आएपछि जाँचमा कडाइ गर्दा सुन ल्याएको खुलेको थियो ।

पक्राउ परेकामध्ये दुई म्यानमारका नागरिक भने पहिलो पटक काठमाडौं आएका हुन् । शारजहामै अर्का एक एजेन्टमार्फत कन्ट्याक भएर उनीहरू सुन बोकेर आएको अनुसन्धानबाट खुलेको छ ।

‘चिनियाँ नागरिकको योजनामा दुबईमा भरियो खोजेर सुन बोकाएर ल्याएको देखिन्छ । पक्राउ परेका महिला र पुरुया म्यानमारी नागरिक भरिया रहेको पाइयो,’ भन्सार कार्यालयका एक अधिकृतले भने ।

स्पिकरमा फल्स बटम बनाएर तस्करी

२० कात्तिकको साँझ दुबईको शारजहाबाट एयर अरेबियाको उडान नम्बर जी९५३० मार्फत उनीहरू तीन जना काठमाडौं आएका थिए । यसअघि एक दिनमात्रै काठमाडौं आएर फर्केका चिनियाँले पहिल्यै संकास्पल घेरामा थिए । जसकारण पनि चिनियाँको यो टोलीमाथि थप शंका गर्दै सुरक्षा जाँच गरिएको थियो ।

उनीहरूको लगेज जाँच गर्दा त्यसमा केही फलामजन्य वस्तु भेटिएको थियो । आफूले स्पिकर ल्याएको चिनियाँले बताएका थिए । थप शंका लागेपछि ती स्पिकर समेत खोलेर हेर्दा सुन ल्याएको खुलेको थियो । उनीहरूले १२ वटा स्पिकरमा फल्स बटम बनाएर सुन तस्करी गरेको खुलेपछि सशस्त्र प्रहरी र भन्सारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । १२ वटा स्पिकरमा फल्स बटम बनाएर रिङ आकारको सुन उनीहरूले ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group