काठमाडौं १८ मंसिर । योजना बद्ध रणनिति बनाई श्रीमती जयन्ती भट्टलाइ ज्यान मर्ने उद्देश्यले मर्णासन्न हुने गरी कुटपिट गरेको आरोपमा आफू लाई सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भन्न रुचाउने, पृथ्वीराज भट्टलाई पक्राउ गरेका छन् ।
श्रीमतीमाथि कुटपिट गरेको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी उमेशराज जोशीले भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको जानकारी दिए । उनका अनुुसार पृथ्वीराज भट्टमाथि शनिबार घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोप छ ।
जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जोशीले बताए ।
प्रहरीका अनुसार श्रीमान्को कुटपिटबाट घाइते भएकी जयन्तीको धनगढीमा उपचार भइरहेको छ ।
उनका श्रीमान् मर्निङ ग्लोरी स्कुलका सञ्चालक समेत हुन् । उनले पारिवारिक विवादको विषयलाई लिएर श्रीमतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । 








प्रतिक्रिया दिनुहोस्