ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पटक पटक श्रीमती कुट्दै प्रहरीमा मिलापत्र गर्दै जोगिएका थिए पृथ्वी राज भट्ट


एबीसी न्यूज
मंसिर १८, २०८१ मंगलबार   १ : ५१   बजे

काठमाडौं १८ मंसिर । एक महिना अगाडि देखि नै खुला रुपमा ज्यान मार्ने मौका खोजिराखेका थिए पृथ्वी राज भट्ट । प्राज्ञिक थलो सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई महिला हिन्सा बिरुद्धको अभियान चलेकै बेला कुटपिट गरेर घटना बहिरीएसंगै विगतका पनि घटना बाहिरिन थालेका छन ।

आफुलाई सूपका उपप्राध्यापक भन्न रुचाउने पृथ्वी राज  भट्टले श्रीमती जयन्तीलाई यस पटक मात्रै हाईन पटक पटक कुटपिट गर्दै प्रहरीमा मिलापत्र गरेर घटना सामसुम पार्दै आएको माईती पक्षले सार्वजनिक गरेका छन ।

घाईते जयन्तीमा माईती पक्षले पटक पटक जयन्तीमाथि घरेलु हिन्सादेखि मरणाशन्न हुने गरेर कुटपिट गर्दा समेत समाजिक प्रतिष्ठाका लागि यातना सहेर बसेको जनाएका हुन । जयन्तीका भदु बसन्त भट्टले सोमबार समाजिक सञ्जालबाटै शिक्षक फुपाजुले तीन पटक कुटपिट गरेर प्रहरीमा मिलापत्र गरेको सार्वजनिक गरेका छन ।Open photo

भट्टका अनुसार ०७७ भदौँ महिला गर्भवती अवस्थामै रहेकी जयन्तीलाई निर्घात कुटपिट गरेर वडा प्रहरी कार्यालयमा माफि मागेर छुटेका थिए, ०७९ सालमा ज्यानै लिने गरेर कुटपिट गरेपछि सेती अस्पतालमा उपचार गराएर  माफि मागेर मिलापत्र गरिएको थियो । मदिरा सेवन गरेर गत बर्ष ०८० सालमा पनि ज्यानै लिने गरी कुटपिट गरेर जिल्ला प्रहरी कार्यालयमा माफि मागेर छुटेका थिए ।

१५ मंसिर ०८१मा घरमा ज्यानै लिने गरी कुटपिट गरेपछि आफु फरार, श्रीमती जयन्तीको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

१० मंसिरदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएकै बेला सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उप प्रद्याध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई मरणाशन्न हुने गरेर कुटपिट गरेको घटनाले प्राज्ञिक क्षेत्रमा मात्रै नभई सिङ्गो समाजमै तरङ मच्चाईएको छ । आफ्नो छोरीको ज्यान लिने गरी भएको घटना मार्न खोजेको भन्दै माईती पक्ष कानुनी प्रकृयामा अघि बढेको छ ।

भट्ट दाम्पतीका दुई कलिला सन्तान अहिले मामा घरमै छन ।

Open photo

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले सुपविका प्राध्यापक पृथ्वीराज भट्ट बिरुद्धमा श्रीमती कुटपिट घटनाको अनुसन्धान भईरहेको बताए । प्रवक्ता जोशीले घटनाको छानबिन भईरहेको बताए ।

प्रहरीले शनिबारदेखि प्राध्यापक पृथ्वीराज भट्टको खोजि गरिरहेको जनाएको छ । घटनाको महिला अधिकारकर्मीले बिरोध गर्दै अब विगतको जस्तो मिलापत्र नभई कानुन अनुरुप कार्बाही गर्नुपर्नेमा माग अघि सार्दै मिलापत्र गरेर आन्दोलनको चेतावनी दिएका छन । अभियानकै दौराउनमा महिलामाथि कुटपिट हुने विषय दुखत भएको बताउँदै अधिकारकर्मीहरुले छानबिनको माग अघि सार्दै दोसी पृथ्वी राज भट्ट माथि कडा भन्दा कडा कानुनी कार्वाहीको माग गरेका छन । ।

घटनाका विषयमा पृथ्वीराज भट्टसंग उनले प्रयोग गर्ने ९८४९२९६०९८नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group