काठमाडौं १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस्ता छन् नेपाल(चीनबीच भएका सहमति र समझदारी
टोखा(छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
नेपाल(चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
विकास योजनासम्बन्धी समझदारीपत्र
आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप सीएमजी बीच सञ्चार प्रविधिबारे समझदारीपत्र
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खासगरी कनेक्टिभिटी, इण्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिजम, इन्भेष्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् , डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कन्ट्याक्ट र गरिबी निवारण लगायतका विषयमा सहयोग अदान प्रदान गर्ने विषयमा सहमति र समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्