काठमाडौं १८ मंसिर । पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष, र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।
४२ पदमध्ये समग्रमा नेपाली कांग्रेसले १७ पद, माओवादीले ११ पद र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव अर्थात् काठमाण्डौको कीर्तिपुरमा कांग्रेसले जितेको छ । एउटा उपमेयरको लागि भएको चुनाव अर्थात् जाजरकोटको नलगाडमा माओवादीले जितेको छ ।
गाउँपालिकाका दुई अध्यक्षको लागि भएको भएको उपचुनावमा दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।
चार उपाध्यक्षमध्ये हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगामा माओवादी तथा बाजुराको स्वामीकार्तिक र दोलखाको गौरीशंकरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
यस्तै, रिक्त रहेका ३४ वडाध्यक्षमध्ये कांग्रेसले १६, माओवादी केन्द्रले निर्विरोधसहित सात, एमालेले पाँच, जसपा नेपालले दुई, रास्वपाले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेका छन् ।
कांग्रेसले जितेका क्षेत्र निम्न छन्
मेयर –
कीर्तिपुर नगरपालिका – कृष्णमान डंगोल ९०७९ मा कांग्रेसले जितेको ०
वडाहरू –
१। कीर्तिपुर नगरपालिका –१, इच्छा कुमार महर्जन । ९०७९ मा कांग्रेसले जितेको०
२। हेटौँडा उपमहानगरपालिका – १२, अर्जुनप्रसाद तिवारी । ९०७९ मा माओवादीले जितेको०
३। कञ्चनपुरको भीमदत्त नगरपालिका – ६, प्रकाश चन्द । ९०७९ मा कांग्रेसले जितेको०
४। तेह्रथुमको लालिगुराँस नगरपालिका – ८, नगेन्द्र लिम्बु । ९०७९ मा कांग्रेसले जितेको०
५। सुनसरीको गढी गाउँपालिका – ६, तेतर साहु । ९०७९ मा एमालेले जितेको०
६। रोल्पाको रुन्टीगढी गाउँपालिका – ४, भुपमणि पुन मगर । ९०७९ मा कांग्रेसले जितेको०
७। बर्दियाको ठाकुरबाबा नगरपालिका – ४, अमिन थारु । ९०७९ मा कांग्रेसले जितेको०
८। रौतहटको राजपुर नगरपालिका – ६, समसे आलम । ९०७९ मा कांग्रेसले जितेको०
९। गुल्मीको मुसिकोट नगरपालिका– १, आनन्द श्रेष्ठ । ९०७९ मा कांग्रेसले जितेको०
१०। रौतहटको इशनाथ नगरपालिका – ७, शेख अब्दुल खलिक । ९०७९ मा एमालेले जितेको०
११। डोटीको पूर्वीचौकी गाउँपालिका – ६, मोहन थापा । ९०७९ मा कांग्रेसले जितेको ०
१२। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५, मोतीराम खत्री । ९०७९ मा कांग्रेसले जितेको०
१३। जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह । ९०७९ मा माओवादीले जितेको०
१४। दार्चुलाको दुहुँ गाउँपालिका – ५, धनबहादुर कुँवर । ९०७९ मा माओवादीले जितेको०
१५। बझाङको सूर्मा गाउँपालिका – ४, धिरेन्द्र पूजारा । ९०७९ मा एमालेले जितेको०
१६। कीर्तिपुर नगरपालिका – ४, राजेन्द्र बानियाँ । ९०७९ मा स्वतन्त्रले जितेको०
माओवादीले जितेका पालिककाहरू
१। मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष – नमोनारायण माझी । ९०७९ मा कांग्रेस विजयी०
२। जाजरकोटको नलगाड नगरपालिका उपमेयर – देवका लामिछाने । ९०७९ मा कांग्रेस विजयी०
३। रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष–नरपुरा बुढा । ९०७९ मा माओवादी विजयी०
४। हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष– देवकी तिमिल्सना । ९०७९ मा माओवादी विजयी०
वडाहरू –
१। उदयपुरको त्रियुगा नगरपालिका – १२, नविनकुमार वान्तवा राई । ९०७९ मा कांग्रेसले जितेको०
२। उदयपुरको बेलका नगरपालिका– ९ भरत घिमिरे । ९ ०७९ मा कांग्रेस विजयी०
३। नुवाकोटको ककनी गाउँपालिका – २, कृष्ण घिमिरे ९मिलन० । ९०७९ मा कांग्रेसले जितेको०
४। धनुषाको धनुषाधाम नगरपालिका – १, सुनिल कापर केवट । ९०७९ मा कांग्रेसले जितेको०
५। गोरखा नगरपालिका – ५, विष्णुबहादुर रानामगर । ९०७९ मा एमालेले जितेको०
६। डोल्पाको त्रिपुरासुन्दरी – ५, नरबहादुर झाक्री । ९०७९ मा एमालेले जितेको०
७। रुकुमको पुथा उत्तरगंगा–२, जगत घर्ती ९निर्विरोध० । ९०७९ मा माओवादीले जितेको०
एमालेले जितेका पालिकाहरू
१। दैलेखको महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही । ९०७९ मा कांग्रेसले जितेको०
२। बाजुराको स्वामीकार्तिक गाउपालिका उपाध्यक्ष– सुलोचना भण्डारी। ९०७९ मा कांग्रेसले जितेको ०
३। दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष– उमा मगर शेर्पा । ९०७९ मा कांग्रेसले जितेको ०
एमालेले जितेका वडाहरू –
१। कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १, मोहमद ताहिर मुसलमान । ९०७९ मा कांग्रेसले जितेको०
२। दैलेखको दुल्लु नगरपालिका – १, लालबहादुर शाही । ९०७९ मा एमालेले जितेको०
३। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३, कुमारी सावादेन । ९०७९ मा कांग्रेसले जितेको ०
४। महोत्तरीको रामगोपालपुर नगरपालिका – २, सकिबुल खाँ । ९०७९ मा माओवादीले जितेको०
५। ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५, गङ्गाबहादुर तामाङ । ९०७९ मा एमालेले जितेको०
रास्वपाका उम्मेदवार विजयी भएको वडाहरू
१। काठमाण्डौ महानगरपालिका – १६, रोजिना श्रेष्ठ । ९०७९ मा कांग्रेसले जितेको०
जसपा नेपालका उम्मेदवार विजयी भएका वडा
१। सप्तरीको डाक्नेश्वरी नगरपालिका – १, धिरेन्द्रकुमार साह । ९०७९ मा कांग्रेसले जितेको०
२। सप्तरीको डाक्नेश्वरी नगरपालिका – ४, देवेन्द्रप्रसाद यादव । ९०७९ मा कांग्रेसले जितेको०
एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको वडा
१। रौतहटको गढीमाई नगरपालिका – ८, बजरङ्गीप्रसाद यादव । ९०७९ मा जसपाले जितेको०
नेमकिपाका उम्मेदवार विजयी भएको वडा
१। कालीकोटको तिलागुफा गाउँपालिका – ४, खड्कराज शाही । ९०७९ मा माओवादीले जितेको०
स्वतन्त्र उम्मेदवार विजयी भएको वडा
१। झापाको कन्काई नगरपालिका – ६, लक्ष्मीप्रसाद ओली । ९०७९ मा एमालेले जितेको








प्रतिक्रिया दिनुहोस्