ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी


एबीसी न्यूज
मंसिर १७, २०८१ सोमबार  १ : ०३ बजे

काठमाडौं १७ मंसिर । अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएका छोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना बढेको छ । आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग नगर्ने विगतको प्रतिबद्धता तोडेको भन्दै उहाँको आलोचना भएको बीबीसीले जनाएको छ ।

बाइडेनले यसअघि छोरा हन्टरलाई माफी नदिने तर सजाय भने घटाउने बताउँदै आउनुभएको थियो । हन्टर डेलावेयर र क्यालिफोर्नियामा रहेका दुई वटा मुद्दामा दोषी ठहर भएका थिए । सन् २०१४ देखि विभिन्न मुद्दा खेपेका हन्टरले सन् २०२० देखि गम्भीर मुद्दाको सामना गरेका थिए ।

उनीविरुद्धका मुद्दामा राष्ट्रपति बाइडेनले हस्तक्षेप गर्ने र माफी दिने आशङ्का यसअघिदेखि गरिँदै आएकोमा बाइडेनले आफूले परिवारको बचाउका लागि शक्तिको दुरुपयोग नगर्ने दाबी गर्नुभएको थियो । तर आज बाइडेनले हन्टरलाई माफीको घोषणा गर्दै उनीविरुद्धको फैसला राजनीतिक प्रतिशोधका रूपमा आएको बताउनुभएको छ ।

अमेरिकामा अदालतले गरेको फैसला राष्ट्रपतिले उल्ट्याउन सक्ने व्यवस्था छ ।

यसैबीच अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले आफ्ना छोरा हन्टरलाई माफी दिएकोमा न्यायको स्पष्ट दुरुपयोग भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले हन्टरलाई माफी दिने हो भने अमेरिकी संसद् भवनमा जवनरी ६ मा भएको दङ्गामा सहभागी वर्षौंदेखि जेलमा रहेकाहरूलाई पनि माफी दिनुपर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com