ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिपुरासुन्दरी-५ मा पनि कांग्रेस छाडी माओवादी बनेका उम्मेदवार विजयी


एबीसी न्यूज

काठमाडौं १७ मंसिर । नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका अर्का उम्मेदवार पनि भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका(५ को उपनिर्वाचनमा माओवादी उम्मेदवार नरबहादुर झाँक्री निर्वाचित भएका हुन्।

विजयी उनले १ सय ८१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मत मात्र ल्याए। कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्र पाए।

उपनिर्वाचनमा विजयी झाँक्री २०७९ को आम निर्वाचनमा भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए भने ८२ मत मात्र ल्याएर तेस्रो स्थानमा थिए।

त्यसबेला एमाले उम्मेदवार नन्दलाल रोका १ सय ८ मतसहित विजयी हुँदा माओवादी केन्द्रका जंगबहादुर रोकायालाई १ सय २ मत प्राप्त भएको थियो।

गत स्थानीय तहको निर्वाचनमा विजयी एमाले र निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारलाई पछि पार्दै झाँक्री अहिले माओवादीबाट विजयी भएका हुन्।

सो उपनिर्वाचनमा यसअघि मोरङको ग्रामथान गाउँपालिकामा पनि कांग्रेस छाडेर माओवादी बनेका उम्मेदवार नमोनारायण माझी विजयी भइसकेका छन्।

माओवादी केन्द्रबाट विजयी माझी २०७४ को स्थानीय तह निर्वाचनमा ग्रामथान गाउँपालिका(१ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

२०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा वडाध्यक्ष उम्मेदवार बनेका उनी दोस्रो स्थानमा रहँदै पराजित भए।

गत भदौमा मात्र उनी नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए। उनलाई माओवादीले यो उपनिर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो।

यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको यो गाउँपालिकामा निकै ठूलो मतान्तरसहित उनी विजयी भएका हुन्।

६ हजार ९ सय ६९ मतसहित माओवादीका माझी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत मात्र पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com