ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरी बेहोस, अस्पताल भर्ना


admin
फाल्गुन २५, २०७४ शुक्रबार   ३ : ४७   बजे

काठमाडौं, २५ फागुन । तीनबुँदे माग राखी कैलाली कारागारमा फागुन २० गतेदेखि आमरण अनशन बसेका रेशम चौधरीलगायतका थुनुवाहरू अस्पताल भर्ना गरिएका छन् ।

उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । रेशम चौधरी र विश्राम चौधरी अस्पतालमा उपचारत रहेको अस्पताल स्रोतले जानकारी दियो ।

जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टका अनुसार अनशनरत रेशम चौधरी, विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको अवस्था गम्भीर छ ।

आज पनि मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको टोली कारागार पुगेको थियो । आयोग धनगढीका दीपक ध्वजजंग कार्कीले मान्छेको बाँच्न पाउने अधिकार नैसर्गिक अधिकार भएकोले राज्य संवेदनशील हुनुपर्ने बताए । उनीहरूको मागबारे राज्यले सुनुवाई गर्नुपर्ने पनि उनको भनाइ थियो ।

अनशनकारीहरूको तीन बुँदे मागमा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group