काठमाडौं १६ मंसिर । स्थानीय तहको उपचुनाव अन्तर्गत कर्णाली प्रदेशमा पर्ने हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको लागि अहिले मतदान लगभग अन्तिम चरणमा पुगेको छ।
६ हजार ८ सय १० मतदाता रहेको सो पालिकामा यो समाचार तयार पार्दासम्म ४ हजार ३ मत खसिसकेको मुख्य निर्वाचन अधिकृत शम्भु बरालले नेपालखबरलाई जानकारी दिए।
निर्वाचन विहान केही ढिलागरी सुरु भएपनि दिउँसो भने मतदाताहरु उत्साहपूर्वक मतदानमा सहभागी भएको उनले बताए।
‘मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ,’ उनले भने, ‘मतगणना भने आज सुरु गर्न कठिन छ, किनकि, चार पाँच घण्टा हिँडाएर मतपेटिका केन्द्रसम्म ल्याइपुर्याउनुपर्छ। सम्भवतः भोलि विहानैबाट मतगणना सुरु हुन्छ।’
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो।
स्थानीय तहको उपचुनाव अन्तर्गत कर्णाली प्रदेशमा पर्ने हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको लागि अहिले मतदान लगभग अन्तिम चरणमा पुगेको छ।
६ हजार ८ सय १० मतदाता रहेको सो पालिकामा यो समाचार तयार पार्दासम्म ४ हजार ३ मत खसिसकेको मुख्य निर्वाचन अधिकृत शम्भु बरालले नेपालखबरलाई जानकारी दिए।
निर्वाचन विहान केही ढिलागरी सुरु भएपनि दिउँसो भने मतदाताहरु उत्साहपूर्वक मतदानमा सहभागी भएको उनले बताए।
‘मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ,’ उनले भने, ‘मतगणना भने आज सुरु गर्न कठिन छ, किनकि, चार पाँच घण्टा हिँडाएर मतपेटिका केन्द्रसम्म ल्याइपुर्याउनुपर्छ। सम्भवतः भोलि विहानैबाट मतगणना सुरु हुन्छ।’








प्रतिक्रिया दिनुहोस्