काठमाडौं १६ मंसिर । हेटौँडा–१२ को उपनिर्वाचनमा हालसम्म ४२ सय भन्दा धेरै मत खसेको छ। हेटौँडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष पदमा भैरहेको मतदानमा हालसम्म ४२ सय २३ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दुईवटा मतदानकेन्द्र रहेको यस वडामा प्रतिभा आधारभुत माध्यामिक विद्यालयीस्थत मतदान केन्द्रमा पुरुष १ हजार ६९ र महिला १३ सय १२ र अन्य १ गरि २३ सय ८० मत खसेको छ।
त्यसैगरी विष्णु माविस्थित मतदान केन्द्रमा पुरुष ८ सय ५८ र महिला ९ सय ८५ गरि १८ सय ४३ मत खसेको छ। कुल मतदाताको संख्याको आधारमा हालसम्म ५२ प्रतिशत मत खसेको हो।
अध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ८ हजार ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन्। ३ हजार ८७८ पुरुष, ४ हजार १७४ महिला र अन्य १ जना मतदाता छन्।








प्रतिक्रिया दिनुहोस्