ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पामा पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदुरको मृत्यु मंसिर १६, २०८१ काशीराम डाँगी


एबीसी न्यूज
मंसिर १६, २०८१ आईतबार   २ : १७   बजे

काठमाडौं १६ मंसिर । रोल्पाको सुनछहरी गाउँपालिका(३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ९ बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको हो ।

 

पहिरोमा पुरिएकामा तीन पुरुष र दुई महिला छन् । सबैको शव निकालिएको र शवको पहिचान पनि गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल।बी।एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत ती मजदुर काममा खटिएका थिए ।

खाल्डा पुर्ने काममा ७ जना सहभागी भए पनि २ जना भागेर जोगिन सफल भएकाले उनीहरू सकुशल छन् । मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका(३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियार छन् । उनीहरू आफन्त र एकै गाउँ निवासी हुन् ।

घटनाबारे अनुसन्धान गर्दै मृतकको बिमा गरिएकोरनगरिएको बारेमा खोजी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न र उद्धार गर्न गाम प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश बिष्ट र सुलिचौरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अरुण तामाङको कमान्डमा प्रहरी टोली खटिगएको थियो । घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group