ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलङ्काको प्रदर्शन थप अशान्त बन्दै, ८१ जना पक्राउ


admin

कोलम्बो, २५ फागुन । श्रीलङ्काको गत केही दिनयतादेखि कान्डी शहरमा जारी आन्दोलनका क्रममा भएको झडपमा ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानवीय क्षति नै हुने गरी भएको प्रदर्शनका मुख्य सदिग्ध व्यक्तिहरूसमेत गरी ८१ जनालाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बिहीबार जनाएका छन् ।

पक्राउ परेकामध्ये ७१ जनालाई हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ भने अरू चार जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ ।

त्यसैगरी पक्राउ गरिएका छ जनालाई भने सामाजिक सञ्जालमार्फत् आन्दोलन चर्काउन र हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेको अधिकारीहरूले जनाएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरिएको र आवश्यकता तथा अवस्था हेरेर कफर््युका बारेमा निर्णय लिइने प्रहरी अधिकारीहरूले बताएका छन् । कानून कार्यान्वयनका लागि भन्दै लागू गरिएको कफर््यु प्रहरीले कम्तीमा शुक्रबार बिहानसम्म कायम रहने जनाएको छ ।

केही दिनदेखि भइरहेको हिंसात्मक आन्दोलनका क्रममा घर, पसल, मन्दिर, मस्जिद आदि संरचनामा ठूलो क्षति पुगेको छ । आन्दोलन चर्किदै र हिंस्रक बन्दै गएपछि राष्ट्रपति मैत्रीपाला शिरीसेनाले बुधबार एक हप्ता लामो सङ्कटकाल घोषणा गर्नुभएको छ ।

प्रदेशभरी घोषणा गरिएको सङ्कटकाल सन् २००९ नौ पछि पहिलो पटक भएको समाचारमा जनाइएको छ । बौद्ध धर्मावलम्बी र मुसलमान समुदायबीच भएको विवादका कारण केही दिन यतादेखि यो झडप जारी रहेको छ ।

विवादका क्रममा एक बौद्ध धर्मावलम्बी युवक कुटिएका र उनको उपचारका क्रममा मृत्यु भएपछि यी दुई समूहबीच केहीदिन अगाडिदेखि नै झडप शुरु भएको थियो ।

गत मङ्गलबार कान्डी शहरमा रहेको एक घरमा भएको आगजनीमा एक मुसलमान युवकको मृत्यु भएपछि यो हिंसाले झन उग्ररूप लिएको थियो । त्यस पछाडि राष्ट्रपति शिरीसेनाले राष्ट्रव्यापी सङ्कटकाल घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पूर्वी युक्रेनमा रुसी आक्रमण, तीन जनाको मृत्यु

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै : को हुन् उपमन्त्री नुल्यान्ड ?

भारतको मध्य प्रदेशको मुरैनामा वायुसेनाका दुई लडाकु विमान दुर्घटना

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

संसद् सचिवालयले भन्यो – कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिइएको छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...