ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लकडाउन विरोधी जय भट्टाचार्यलाई एनआईएचको निर्देशक बनाउने ट्रम्पको घोषणा


एबीसी न्यूज

काठमाडौं १२ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडकालमा लकडाउन विरोधी छबि बनाएका जय भट्टाचार्यलाई आफ्नो टोलीमा उच्च प्रशासनिक पदमा नियुक्त गर्ने घोषणा गरेका छन्।

भट्टाचार्य कोभिड(१९ महामारीका बेला लगाइएका लकडाउनहरूको स्पष्ट रूपमा विरोध गर्ने व्यक्ति हुन् । ट्रम्पले उनलाई अमेरिकाको मुख्य सार्वजनिक स्वास्थ्य निकायको अर्को निर्देशकका रूपमा नियुक्त गर्ने घोषणा गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘स्टानफोर्ड विश्वविद्यालयबाट प्रशिक्षित चिकित्सक र अर्थशास्त्री भट्टाचार्यलाई नेशनल इन्स्टिच्युट अफ हेल्थ ९एनआईएच० को जिम्मेवारीका लागि छनोट गरिएको छ।’

एनआईएच विश्वकै सरकारी कोषमा आधारित सबैभन्दा ठूलो बायोमेडिकल अनुसन्धान संस्था हो। यो अमेरिकाको प्रमुख स्वास्थ्य अनुसन्धान तथा वित्त पोषण संस्थानहरूमध्ये एक हो ।

भट्टाचार्य कोभिड(१९ महामारीका बेला व्यापक रूपमा लगाइएका लकडाउनको कडा आलोचना गर्दै चर्चित भएका थिए।

ट्रम्पले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्। यसै महिना ट्रम्पले अमेरिकी स्वास्थ्य विभागको जिम्मेवारी आफ्नो पूर्व प्रतिद्वन्द्वी रबर्ट एफ केनेडी जुनियरलाई सुम्पने घोषणा गरेका थिए ।

केनेडीले कोभिड(१९ खोपको कडा आलोचना गरेका थिए, जसका कारण चिकित्सा क्षेत्रका व्यक्तिहरूले उनको नाममा आपत्ति जनाएका छन् ।

ट्रम्पले डा। भट्टाचार्य र केनेडी जुनियरले राष्ट्रको चिकित्सा अनुसन्धानलाई मार्गदर्शन गर्न र स्वास्थ्य सुधारका साथै जनजीवन जोगाउन महत्त्वपूर्ण खोजलाई प्रबर्द्धन गर्ने दिशामा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

वाशिंगटन पोस्टका अनुसार, जय भट्टाचार्य हाल अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा नीति प्राध्यापकका रूपमा कार्यरत छन् । उनी नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चमा अनुसन्धान सहयोगीका रूपमा पनि कार्यरत छन्।

भट्टाचार्यको जन्म १९६८ मा भारतको पश्चिम बंगालको राजधानी कोलकातामा भएको थियो। उनले सन् १९९७ मा स्ट्यानफोर्ड विश्वविद्यालयको मेडिसिन स्कूलबाट एमडी डिग्री प्राप्त गरेका थिए।

सन् २००० मा उनले सोही विश्वविद्यालयको अर्थशास्त्र विभागबाट विद्यावारिधी सकेका थिए। उनी सन् २०११ देखि स्ट्यानफोर्डमा कार्यरत छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com