ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसएसपी रजौरे बिदामा बस्दा काठमाडौं आउन पाएनन् रवि लामिछाने


एबीसी न्यूज
मंसिर १२, २०८१ बुधबार  २ : ०७ बजे

काठमाडौं १२ मंसिर ।  सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपनि कहिले ल्याउने भन्नेमा अन्यौलता देखिएको छ । मंगलबार नै लामिछानेलाई काठमाडौं ल्याउने तयारी थियो । तर, टिकट नपाएको भन्दै उनलाई पोखरा नै राखिएको छ ।

स्रोतका अनुसार काठमाडौंका एसएसपी वसन्त रजौरे बिदामा बसेको कारण पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई राजधानी ल्याउन विलम्व भएको हो । रजौरे आमा बिरामी भएको भन्दै छुट्टीमा बसेपछि रविको काठमाडौं यात्रा अनिश्चित बनेको स्रोतो भनाइ छ । रजौरेले आफ्नो अनुपस्थितिमा काम गर्न नवराज अधिकारीलाई जिम्मा दिएका छन् । यद्यपि सहकारी ठगी जस्तो गम्भीर विषयमा रजौरे बिना रविको बयान लिन अधिकारीले नचाहको स्रोत बताउँछ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित १० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौंको सहकारी ठगीको केस काठमाडौं प्रहरी प्रमुखको कमाण्डमा रहेर छानबिन हुने हुँदा काठमाडौंले पठाउनु नभनेसम्म रवि कास्कीमा नै रहने सम्भावना रहेको स्रोतको भनाइ छ । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com