ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसले कमाएको छ, जनताले देखेका छन्-प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौं ७ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको आरोपहरू खण्डन गर्न पनि लायक नरहेको बताएका छन् ।

पार्टीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले भने, ‘हामीमाथि लगाएका आरोपहरू वास्तवमा खण्डन र चर्चा गर्न लायकका पनि छैनन् ।’

ओलीले आफूमाथि लगाइने गरेको कुनै पनि आरोप कसैले नपत्याएको जिकिर गरे । ‘ती कुनै कुरा कसैले पत्याउँदा पनि पत्याउँदैनन्’, उनले भने, ‘उनीहरू आफैं बोल्छन् एकछिनपछि युट्युब खोलेर आफैं सुन्छन् र आफैं दंग पर्छन् । अनि सबै मानिस भ्रममा परे होला भन्ठान्छन् ।’

जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ, छैन जनतालाई थाहा भएको तर्क गरे । ‘कोही पनि भ्रममा परेका छैनन् । भ्रममा पर्दैन जनता’, उनले भने, ‘जनताले देखेको छ । कसले कति कमाएको छ कसले कति कमाएको छैन । कसले आफन्तको नाममा थुपारेको छ, कसले छैन । यी कुराहरू सबै दुनियाँले देखेको छ । विश्वले देखेको छ ।’

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्ने आरोपको खण्डन गर्दै ओलीले समाजमा घृणा फैल्याउने चेष्टा भइरहेको बताए ।

‘कम्बोडिया भन्ने देश त्यहीँ छ चार घन्टाभित्र फ्लाइटमा पुगिन्छ यहाँबाट बैंकक, त्यहाँबाट ४५(५५ मिनेटमा पुगिन्छ, त्यहीं छ’, उनले भने, ‘त्यहाँको टेलिकममा क–कसको लगानी छ भन्ने नयाँ कुरा, थाहा पाउन नसकिने अनौठो कुरा हो ररु तर यस्ता कुराहरूलाई भ्रमपूर्ण ढंगले फैलाएर जनतामा घृणा फैल्याउने दुस्चेष्टा भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा ल्याइने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

सम्बन्धित

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com