ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय अर्बपति गौतम अडानीसहित सात जनाविरुद्ध न्यूर्योकको अदालतमा मुद्दा


एबीसी न्यूज
मंसिर ६, २०८१ बिहीबार  १२ : ०६ बजे

काठमाडौं ६ मंसिर । न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई २५ करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ ।

अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम अदानीका भतिजाहरू पनि रहेका छन् । संयुक्त राज्य अमेरिकाको अभियोजकको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिअनुसार अडानीले सौर्य ऊर्जाको ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २५ करोड डलरभन्दा धेरै घूस दिने वचन दिएका थिए ।

अमेरिकी न्याय विभाग अनुसार, उनीहरुले भारतमा घूस दिएर परियोजना माग गरेको र विदेशी लगानीकर्ता तथा बैंकलाई झुट बोलेको पाइएको छ । अडानीले पूर्ण योजना बनाएर अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेको पनि आरोपमा उल्लेख छ ।

सन् २०२० देखि २०२४ सम्म, अडानीसहित सबै अभियुक्तहरू भारत सरकारको सौर्य ऊर्जा सम्झौता प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २५ करोड डलरको घूस दिन इच्छुक थिए । परियोजनाबाट २० वर्षमा सबै कर कटाए पनि २ अर्ब डलरभन्दा धेरै नाफा अनुमान गरिएको खबरमा उल्लेख छ ।

अडानीले व्यक्तिगत रूपमा भारत सरकारका एक अधिकारीलाई भेटेर योजनालाई अगाडि बढाएका थिए । अदालतका अनुसार अडानी समूहले घूसको यो अभियोजन रोक्नको लागि ग्रान्ड जूरी, एफबीआई र अमेरिकी सेकुरिटी एण्ड एक्सचेन्ज कमिशन ९एसईसी० को अनुसन्धान रोक्न षड्यन्त्र रचेका थिए ।

अडानी ग्रीन एनर्जीले सम्झौताअन्तर्गत अमेरिकी लगानीकर्ता र अन्तर्राष्ट्रिय ऋणदाताहरूबाट कुल ३ अर्ब डलर सङ्कलन गरेको थियो । त्यसैले भारतमा घुस दिन खोजे पनि उनीहरुमाथि अमेरिकी कानुनसमेत आकर्षित भएको हो ।

गौतम अडानीका भतिजा सागर अडानीले अमेरिकाको ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com