ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै


एबीसी न्यूज

काठमाडौं ५ मंसिर ।   आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो वर्ष भविष्यलाई सुनौँ, बालबालिकाको अधिकारका लागि जागौँ भन्ने नाराका साथ विश्वभरि दिवस मनाउन लागिएको हो ।

विश्वभरका बालबालिकाको अधिकारको सुनिश्चितता होस् भन्ने उद्देश्यले मनाइने यो दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन् ।

बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् ।

यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि १९८९ अनुमोदन गरेको ३४ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते महासन्धिलाई विना शर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो । नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मनाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता

देउवाले गगन-विश्वप्रकाशलाई भने– ‘पार्टी नफुटाऊ, म उदार छु’

सम्बन्धित

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता

देउवाले गगन-विश्वप्रकाशलाई भने– ‘पार्टी नफुटाऊ, म उदार छु’

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सभापति देउवा टिकटमा हस्ताक्षरबाट ब्याक हुन तयारः फेरि वार्तामा बस्ने महामन्त्रीद्धय

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com