काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको त्रिपक्षीय वार्ता टोली सभापति शेरबहादुर देउवा निवास महाराजगन्जमा प्रवेश गरेको छ । टोलीले वार्तामा भएका प्रगतिहरू सभापति देउवालाई ब्रिफिङ गर्ने बताएको छ । वार्तामा भएका समझदारीहरू कार्यान्वयन गरी सहजीकरणका लागि टोलीले देवालाई ब्रिफिङ गर्न लागेको हो ।
आजै बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा देउवासँग छलफलमा थिए । तर, छलफलले कुनै ठोस निष्कर्ष निकाल्न सकेन ।देउवाको अडान कायमै, रमेश लेखक भन्छन्– हस्ताक्षर फेर्न सभापति लचक हुनुहुन्छ । छलफल सकेर उनीहरू बाहिरिइसकेका छन् । लगत्तै त्रिपक्षीय वार्ता टोली पुगेको छ ।








प्रतिक्रिया दिनुहोस्