ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ, डिपोर्ट गर्न अदालतको आदेश


एबीसी न्यूज

काठमाडौं २ मंसिर । रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत ९लेवर परमिट० बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट ९देश निकाला० गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ ।

विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो ।उनीहरुलाई गत कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेको हो । त्यहाँ उनीहरु कल सेन्टरमा काम गर्थे । जसमा १२ जना महिला विद्यार्थी रहेका छन् ।

पक्राउ लगत्तै प्रहरीले स्थानीय अदालतमा पेश गरेको थियो । गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरुलाई मस्कोबाट ६० किलोमिटर टाढा पर्ने शाखा रवाहस्थित डिपोर्टटेशन सेन्टरमा राखिएको छ । उनीहरुलाई नेपाल पठाउने तयारी भइरहेको छ । जसमा तीन महिनादेखि डेढवर्ष अगाडि रुस आउनेहरु छन् ।

‘ती नेपालीको विद्यार्थीको हैसियतमा बस्न पाउने भिसा छ । यसले मात्रै काम गर्न पाइँदैन । काम गर्नको लागि कम्पनीसँग करारपत्र हुनुपर्छ । उनीहरुले विश्वविद्यालयबाट पढिरहेको कागज पनि ल्याउन सकेनन् । दोस्रो उनीहरुले काम गरेको करारपत्र पनि ल्याउन सकेनन्,’ अध्यक्ष तिमल्सिनाले इकान्तिपुरसँग भने,‘ती दुई वटा कागजपत्र पेश गर्न सकिएको भए अपिलको लागि वकिलको व्यवस्था गरिदिन सकिन्थ्यो । वकिलले डिपोर्ट रोक्नको लागि अपिल गर्न सक्छ । उनीहरुले कुनै पनि कागज जुटाउन असमर्थ भए ।’

उनीहरु काम गर्न नै भनेर विद्यार्थी भिसाको आवारणमा आएकोले डिपोर्ट हुने फैसला भएको उनले बताए । डिपोर्ट भएपछि ५ वर्ष रुस आउन पाइँदैन । दुई वर्ष अघिपनि १५ जना विद्यार्थीलाई १४ दिनभित्र जेलमा राखेर डिपोर्ट गरिदिएको थियो । ‘जुन कम्पनीको लागि वर्कपरमिट लिएको छ । त्यो कम्पनीमा मात्रै काम गर्नुपर्छ । अरु कम्पनीमा जान पाइँदैन । त्यो हुने बित्तिकै सिधै डिपोर्ट गर्छ । धेरै मान्छेले लोभ देखाएर मान्छे ल्याउने, बिचल्ली बनाउने, बाहिर पठाउने भनेर रसियालाई ट्रान्जिट बनाएको छ,’ उनले भने,‘रसियामा एजेन्टको मिलोमतोमा विद्यार्थीको आवरणमा काम गर्न पठाइरहेको छ । काम गर्दा अध्यागमनले झ्याम्पै समातिहाल्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com